काठमाडौं। त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत ५ गते हुने भएको छ । त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले स्ववियु चुनाव चैत ५ गते गर्ने निर्णय गरेको हो ।
चुनावको मिति त्रिवि कार्यकारी परिषद् बैठकले अनुमोदन गर्नेछ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रोफेसर पशुपति अधिकारीका अनुसार त्रिवि कार्यकारी परिषद् बैठकले अनुमोदन गरेपछि त्रिविले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने बताए ।
यसअघि, चैत २८ गते गर्ने गरी सहमति जनाइएको थियो । तर, लगातार ३४ दिन बिदा हुने भएकोले ५ गते गर्ने गरी सिफारिस गरेको प्रोफेसर अधिकारीले जानकारी दिए ।
त्रिवि कार्यकारी परिषद् बैठकले उक्त मिति अनुमोदन गरेपछि कार्यान्वयनमा आउने र सोही आधार चुनावी कार्यतालिका सार्वजनिक गरिने उनको भनाइ छ ।
Facebook Comment
Comment