झलनाथको प्रस्ताव: वामपन्थी एकता भए सरकारमा जाने

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको नयाँ सरकारलाई खिचडी सरकारको संज्ञा दिएका छन्। उक्त प्रतिवेदनमा नेता खनालले राजावादी राप्रपादेखि रहस्यमयी दल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीसम्म सरकारमा रहेको उल्लेख गरेका छन्।

नेपालभ्युज

झलनाथको प्रस्ताव: वामपन्थी एकता भए सरकारमा जाने

काठमाडौं। एकीकृत समाजवादी नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारमा सहभागी हुने सर्त अघि सारेका छन्। सोमबार बसेको पार्टीको पोलिटब्युरो बैठकमा लिखित प्रस्ताव राख्दै नेता खनालले वामपन्थी दलहरूको कार्यगत एकता भए मात्रै सरकारमा जान सकिने उल्लेख गरेका हुन्।

तत्काल पार्टी एकता हुन सक्ने अवस्था नरहेकाले वामपन्थी दलहरुबीच कार्यगत एकता भएमा सरकारमा सहभागी हुन सकिने खनालको प्रस्तावमा उल्लेख छ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको नयाँ सरकारलाई खिचडी सरकारको संज्ञा दिएका छन्। उक्त प्रतिवेदनमा नेता खनालले राजावादी राप्रपादेखि रहस्यमयी दल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीसम्म सरकारमा रहेको उल्लेख गरेका छन्।

आआफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त रहेका वामपन्थीहरूलाई अहिले मिलाउन र एकरूपता कायम गर्न नसकिने भन्दै उनले साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प नरहेको खनालको भनाइ छ। ‘‘पुरानो गठबन्धन कसरी टुट्यो र नयाँ कसरी बन्यो तथा योसँग हाम्रो सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा जिज्ञासा राख्नुभएको छ’’ प्रवक्ता जगन्नाथ खतिवडाले भने।

सोमबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा पार्टीले सदस्यहरूसँग सरकारसँगको सम्बन्धबारे धारणा माग गरेको छ। शनिबार र आइतबार भएको स्थायी कमिटीको बैठकले सरकारबारे स्पष्ट दृष्टिकोण निर्माण गर्न नसकेपछि पोलिटब्युरो बैठक बोलाइएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved