एकीकृत समाजवादीका बहुमत स्थायी समिति सदस्यले भने- प्रचण्ड नेतृत्वको सरकारमा सहभागी होऔँ

बैठकमा ३० जना सदस्यहरूले बोलिसकेका छन् । उनीहरू अधिकांशले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुँदा पनि हुने विचार व्यक्त गरेका छन् ।

नेपालभ्युज

एकीकृत समाजवादीका बहुमत स्थायी समिति सदस्यले भने- प्रचण्ड नेतृत्वको सरकारमा सहभागी होऔँ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले कुनै एक दलसँग पार्टी एकता गर्नेभन्दा पनि बृहत्तर वाम पुन:गठनलाई प्राथमिकता दिने भएको छ ।

शनिवारबाट सुरू भएको १४औं स्यायी समिति बैठकले छलफल गर्दै यस्तो निष्कर्ष निकालेको हो । पार्टी उपमहासचिव डा. गंगालाल तुलाधरले भने, ‘कुनै पनि एक दलसँग पार्टी एकता गर्नेभन्दा पनि बृहत्तर वाम पुन:गठनको अभियान सञ्चालन गर्ने र त्यसको अगुवाइचाहिँ हामीले नै गर्ने भन्ने निष्कर्ष निकालेका छौँ ।’

उनले यहीअनुसार आफूहरू अगाडि बढ्ने पनि बताए । ‘हामीले पार्टी गठनको सुरूवातमा पनि यही भनेका थियौँ र यसबीचमा ५/७ वटा वामपन्थी दलहरूसँग एकीकरण पनि गर्‍यौँ । अबचाहिँ बृहत्तर योजनाअनुरूप नै गर्ने हाम्रो निर्षकर्ष छ,’ उनले भने ।

बहुमत नेताहरूले भने- प्रचण्ड सरकारमा सहभागी होऔँ

शनिवारबाट सुरू भएको स्यायी समिति बैठकमा ३० जना सदस्यहरूले बोलिसकेका छन् । उनीहरू अधिकांशले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुँदा पनि हुने विचार व्यक्त गरेका छन् ।

‘वर्तमान सरकारमा सहभागी हुनेबारे पनि नेताहरूको विचार मागिएको थियो,’ उपमहासचिव तुलाधरले भने, ‘त्यसमा अधिकांश नेताहरूले वर्तमान सरकारमा सहभागी हुँदा हुन्छ भनेर भन्नुभएको छ । तर निर्णय भने भएको छैन ।’

यसका बारेमा थप छलफल र निर्णय गर्ने उनले बताएका छन् । ‘वर्तमान सरकार बडो नाटकीयरूपमा बनेको छ । जुन प्रचण्डजीको नेतृत्वमा बनेको छ । उहाँ अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँ हिजोअस्तिसम्म हामीसँगै हुनुहुन्थ्यो । त्यो भएर उहाँलाई समर्थन गर्नुपर्ने भनाइ कमरेडहरूको छ । त्यसमा थप छलफल गर्छौँ र निर्णय लिन्छौँ ।’

वामदेव गौतम, घनश्याम भुसालहरू ल्याउने कोसिस गर्दैछौँ

उपमहासचिव तुलाधरले एमालेबाट अलग रहेका वामदेव गौतम, घनश्याम भुसाललगायतका नेताहरूलाई पार्टीमा समाहित गर्ने कोसिस गरिरहेको बताए।

बृहत्तर वामपन्थी पुन:गठनको अभियानअन्तर्गत नै गौतम, भुसालहरूलाई पार्टीमा जोड्ने कसरत भइरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘उहाँहरूलाई पार्टीमा जोड्ने बेस्सरी करसत भइरहेको हो । तर कुरा मिलेको छैन ।’

उनले अझै उनीहरूसँग नेताहरूसँग संवाद गर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved