निर्मला हत्या प्रकरणबारे अनुसन्धान गर्न डीआईजीको नेतृत्वमा नयाँ समिति

नेपालभ्युज

निर्मला हत्या प्रकरणबारे अनुसन्धान गर्न डीआईजीको नेतृत्वमा नयाँ समिति

काठमाडौं । निर्मला पन्तको हत्या प्रकरणबारे अनुसन्धान गर्न नयाँ समिति गठन गरिएको छ ।

शुक्रबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु छन् । उक्त समितिलाई निर्मला हत्या प्रकरणबारे नयाँ ढंगले अनुसन्धान गर्ने कार्यादेश दिइएको बताइएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपश्चात् हत्या भएको थियो ।

गृहमन्त्रीको सपथ लिएलगत्तै पदभार ग्रहण गर्दै गृहमन्त्री लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved