चियाकफीले दाँत पहेंलो बनाउँछ, असरबाट कसरी बच्ने ?

नेपालभ्युज

चियाकफीले दाँत पहेंलो बनाउँछ, असरबाट कसरी बच्ने ?

एजेन्सी । जाडो होस या गर्मी चिया या कफी त सबैलाई नभै नहुने पेय पदार्थ बनिसकेको छ । बिहानको मिठो चियाको चुस्की होस् वा साँझ थाकेर अफिसबाट घर फर्किएपछिको चिया ।

साथीभाईसँग घरमा पाहुना आउँदा चिया नै पहिलो स्वागत गर्ने पेय मानिन्छ हाम्रो समाजमा । तर तपाईलाई थाहा छ, जुन चिया अथवा कफी तपाई आफ्नो थकान मेटाउन पटक पटक पिउने गर्नुहुन्छ त्यसले तपाईको दाँतमा कति असर गरेको हुन्छ ।

चिया र कफीमा पाइने टेनिक एसिड रंग गाढा बनाउनमा प्रयोग हुन्छ । यो एसिडले दाँतको इनामेललाई असर गरी दाँतको रंग नै परिवर्तन गर्न सक्छ ।

चिया पिइसकेपछि दाँतलाई सफा गर्नुहोस्

तपाई दाँतकै कारणले चिया कफीलाई जिन्दगीबाट टाढा गराउन त सक्नुहुन्न । तर दाँतलाई यसको असरबाट कम गर्न त पक्कै सक्नुहुन्छ ।

तपाईले चिया पिएको पाँच मिनेटपछि थोरै पानीको सहायताले दाँत सफा गर्नुहोस् । किनकी तातो चिया वा कफी पिएर तत्काल चिसो पानी मुखमा राख्नुभयो भने त्यसले दाँत झन्झन् गर्ने समस्या उत्पन्न हुन सक्छ ।

यदी तपाई चिसो कफी पिउनुहुन्छ भने स्ट्र (पिउने नली) को प्रयोग गर्नुहोस् । यसले तपाईको अगाडिको दाँतहरुमा कफी लाग्दैन र यसको असर पनि त्यती हुँदैन ।

यति गर्दा पनि तपाईको दाँतको पहेंलोपन जाँदैन भने एकपटक डाक्टरसँग सल्लाह लिनु उचित हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved