यस्तो छ सपनामा जनावर देख्नुको रहस्य

नेपालभ्युज

यस्तो छ सपनामा जनावर देख्नुको रहस्य

एजेन्सी । तपाईंले सपना त देख्नुहुन्छ होला । हुन त सपना विपनाकै कुनै प्रतिविम्वको रुपमा मानिन्छ । जीवनमा तत्काल वा विगतमा भएका घटना, देखेको सुनेको कुराहरु नै सपनामा देखिने गर्दछ । तर ज्योतिष शास्त्रअनुसार सपनामा जनावर तथा चरा देख्दा कस्तो खालको फाइदा बेफाइदा हुन्छ भनेर पनि दिइएको छ । जसबारे तपाईं पनि जान्न सक्नुहुन्छ ।
– सपनामा हात्ती देख्नु भयो भने यो निकै राम्रो मानिन्छ । हात्तीमा लक्ष्मी सवार हुने हुँदा हात्ती सपनामा देख्नु शुभ भएको ज्योतिष शास्त्रको भनाई छ ।
– सपनामा भैसी देख्नु भो भने मिश्रित फल प्राप्त हुन्छ । यो निकै अशुभ पनि होइन तर शुभ पनि होइन ।
– सपनामा घोडा देख्नुभयो भने यसको अर्थ सुखसम्पत्ति हात पर्ने संकेत हो ।
– ज्योतिष शास्त्रका अनुसार सपनामा गिद्ध देख्नुभयो भने तपाईंलाई समस्या पर्न सक्छ । शोक वा नकारात्मक समाचार सुन्ने समयमा यस्ता सपना देखिन्छन् ।
-यदी मयुर देख्नुभयो भने तपाईंलाई शुभ फल प्राप्त हुन्छ । मयुरमा शनी सवार भएको देख्नु अझै राम्रो मानिन्छ ।
-त्यस्तै सपनामा काग देख्नुभयो भने सुखशान्ति हरण हुने मानिन्छ । ज्योतिष शास्त्रमा सपनामा काग देख्दा परिवारमा वादविवाद हुने र अपमान आइलाग्ने उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved