यी पाँच योगासन जसले तपाइँको कपाल झर्न रोक्छन्

नेपालभ्युज

यी पाँच योगासन जसले तपाइँको कपाल झर्न रोक्छन्

एजेन्सी । कपाल झर्नु हिजोआज सामान्य कुरा भइसकेको छ । मोटो, सुन्दर र लामो कपाल आजभोलि शहरमा कमै देख्न पाइन्छ ।

गलत खाना खानु, घरबाहिरको खाना धेरै खानु, धुम्रपान, प्रदुषण, अनियमित दिनचर्याले यस समस्यालाई झनै बढाइदिएको छ । तमाम उपाय र अपनाउँदा पनि कपाल झर्न कम नै हुँदैन ।

तर योगद्वारा कपाल झर्न कम गर्न सकिन्छ । कपाल मात्र होइन यसले पुरै शरीरलाई नै फाइदा पुर्‍याउँछ ।   विशेष कपालसँग जोडिएका पाँच योगासनका बारेमा जानौं ।

अधोमुख शवासन

कुकुर जस्तो भुँईमा झुक्ने पोजिशनले टाउकोमा रक्तसंचार बढ्ने गर्छ । यो साइनस र चिसोको लागि पनि राम्रो उपचार हो ।

दिमागी थकान, तनाव र निद्रा नआउने जस्ता समस्याको लागि पनि अधोमुख शवासन लाभदायक हुन्छ ।

उत्थानासन

उत्थान आसन कपालको छालामा रक्तसंचारमा सुधार ल्याउँछ । यस आसनले थकान र चिन्ता टाढा जान्छ ।

यसले पाचन प्रक्रियामा पनि सुधार ल्याउनुका साथै दिमागलाई शान्त बनाउँछ र कब्जीयत पनि हट्छ ।

बज्रासन

बज्रासनलाई डायमण्ड पोज पनि भनिन्छ । यसको विशषेता भनेको यो आसनलाई खाना खाएको तुरुन्तै पनि गर्न सकिन्छ । यसमा अलिकति अगाडि झुक्नु आवश्यक हुन्छ ।

जसले रक्तसंचार राम्रो बनाउनुका साथै पिशाव सम्बन्धी विकार पनि हटाउँछ, सँगै वजन पनि कम गर्न मद्दत गर्छ । यसले पेटको ग्यास कम गर्न पनि मद्दत गर्छ ।

पाचनमा सुधार आउँदा शरिरीक सन्तुलन बढ्छ जसले गर्दा कपाल झर्न कम हुन्छ ।

सर्वाङ्गासन

सर्वाङ्गासनले थाइराइड ग्रन्थीलाई पोषण दिन सहायक हुन्छ जसले गर्दा तपाईको श्वास, पाचन लगायतका गन्थ्रीले स्वस्थ तरिकाले काम गर्छन् ।

यो आसनमा टाउको हल्का झुकेको हुन्छ जसले टाउकाको छालामा रक्तसंचार राम्रो बनाउँछ र कपाल झर्न कम हुन्छ ।

कपालभाँती

कपालभाँतीले तपाईको मस्तिष्कको कोशिकाहरुमा अधिक मात्रामा अक्सिजन पुग्छ । यसले शरीरको विषाक्त पदार्थलाई बाहिर निकाल्छ साथै यसले मोटोपन तथा मधुमेह कम गर्न मद्दत गर्छ ।

यसले शारिरीक स्वास्थमा सन्तुलन बनाइराख्छ जसकारण कपाल झर्न पनि कम हुन्छ । जो व्यक्तिहरुलाई हृदयसम्बन्धी समस्या छ, दम, अर्थराइटिस, तनाव, माइग्रेन आदिको लागि पनि यो प्राणायाम एकदमै लाभदायक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved