रोग प्रतिरोधात्मक क्षमता बढाउने पाँच खानेकुरा

नेपालभ्युज

रोग प्रतिरोधात्मक क्षमता बढाउने पाँच खानेकुरा

एजेन्सी। एकपटक फेरि कोरोना संक्रमण फैलन सक्ने चेतावनी दिइएको छ । यस्तो अवस्थामा तपाईं आफ्नो शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन सक्नुहुन्छ ।

प्रतिरोधात्मक क्षमता बढाउने ५ खानेकुरा :

१. पालक

पालक सेवन दिनहुँ गर्नुहोस् । पालकमा कैयौं पोषक तत्व पाइन्छन् जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ । पालकमा भिटामिन सी, जिंक, फोलेट तथा एन्टीअक्सीडेन्ट हुन्छ । पालक दिनहुँ खाँदा इम्यूनिटी पनि बलियो हुन्छ साथै आँखाको ज्योती  पनि बढेर जान्छ ।

२. बदाम 

रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि बदामको सेवन गर्न सकिन्छ । बदाम हाम्रो स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुन्छ । बदाममा प्रोटिन, भिटामिन तथा मिनरल्सहरु हुन्छन् ।

बदाम खानाले दिमाग तेज हुन्छ तथा पाचन सम्बन्धी समस्या पनि हुँदैन । दिनहुँ ४ देखि ५ वटा भिजाएको बदाम खानाले शरीर बलियो हुन्छ ।

३. अन्डा

अन्डा खाँदा पनि शरीरमा प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । अन्डामा प्रोटिन, भिटामिन, ओमेगा ३ फ्याटी एसिड तथा मिनरल्स जस्ता कैयौं पोषक तत्व भरपूर मात्रामा पाइन्छ ।

अन्डा खाँदा शरीरमा उर्जा पनि प्राप्त हुन्छ । तपाईं आफ्नो खानामा उसिनेको अन्डा अथवा अमलेट बनाएर खान सक्नुहुन्छ ।

४. सिट्रस फल (अमिलो फल)

रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि अमिला फलको सेवन गर्नु फाइदाजनक हुन्छ । अमिलो फललाई भिटामिन सी को राम्रो स्रोत मानिन्छ । भिटामिन सी ले रोग तथा संक्रमणबाट लड्न मद्दत गर्दछ ।

यसका लागि तपाईं सुन्तला, अम्बा, अमला जस्ता मौसमी फल खान सक्नुहुन्छ ।

५. बेसार

बेसार हाम्रो स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुन्छ । बेसारको सेवनले शरीरमा प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । यसमा एन्टीब्याक्टेरियल गुण हुन्छ जसले भाइरससँग लड्न सक्ने क्षमता बढ्छ ।

दिनहुँ दुधमा बेसार मिसाएर खाँदा फाइदा हुन्छ । यसबाहेक अन्य खानामा पनि तपाईंले बेसारको प्रयोग गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved