इङ्लिस प्रिमियर लिग : सोमबार ७ खेल हुँदै

नेपालभ्युज

इङ्लिस प्रिमियर लिग : सोमबार ७ खेल हुँदै

काठमाडौं। इङ्लिस प्रिमियर लिगमा आज सोमबार ७ खेल हुँदैछन्। कतार विश्वकप २०२२ पश्चात् सोमबार पुनः लिग सुरु हुने लागेको हो।

कतार विश्वकपका कारण १३ नभेम्बर देखि २५ डिसेम्बरसम्म लिग रोकिएको थियो।

प्रिमियर लिगको पहिलो खेलमा ब्रेन्टफोर्ड र टोटेनहम हटस्पर भिड्दै छन्। बेन्टफोर्ड र टोटनह्याम नेपाली समयअनुसार बेलुकी सवा ६ बजे आमने-सामने हुनेछन्।

राति सवा ८ बजे भने ४ खेलहरू हुँदैछन्। सो समयमा लेस्टर सिटी र न्युकासल युनाइटेड, साउथह्याम्पटन र ब्राइटन, उल्भ्स र एभर्टन तथा क्रिस्टल प्यालेस र फुलहम बीच प्रतिस्पर्धा हुनेछ।

एस्टन भिल्ला र लिभरपुलबीचको खेल भने राति सवा ११ बजे सुरु हुनेछ। वेस्ट ह्याम र आर्सनलबीचको खेल भने राति पौने २ बजे हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved