प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै पदभार

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै पदभार

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार सम्हाल्दैछन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर उनले पदभार ग्रहण गर्दैछन्। यसअघि उनले राष्ट्रपति कार्याकाल शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए।

यसैगरी नवनियुक्त मन्त्रीहरूले पनि सिंहदरबारस्थित सम्बन्धित मन्त्रालय पुगेर पदभार सम्हालेका छन्। सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेले उपमहासचिव विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा पुगेर पदभार सम्हाले।

यसैगरी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्री पदभार ग्रहण गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved