प्रधानमन्त्री प्रचण्डले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले लिए शपथ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

आज (सोमबार) शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ भएको हो। अब उनी सिंहदरबार गएर पदभार ग्रहण गर्ने कार्यक्रम छ।

प्रचण्ड एमालेसहित ७ दल र केही स्वतन्त्र सांसदहरूको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।

प्रचण्डले आजै सानो आकारमा मन्त्रिमण्डल पनि गठन गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved