के सबैका लागि फाइदाजनक छ केरा ? जानौं कसले खानु हुँदैन

नेपालभ्युज

के सबैका लागि फाइदाजनक छ केरा ? जानौं कसले खानु हुँदैन

एजेन्सी । केरा एउटा बहुमुखी फल हो जसलाई तपाईले वर्षभरी खान सक्नुहुन्छ । यो स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ ।

भारी व्यायाम गर्नेहरुका लागि त झनै केरा उर्जा प्रदान गर्नका लागि एकदमै राम्रो फल मानिन्छ । यसमा प्रोटिन, क्याल्सियम, फाइबर, आइरन, म्याग्नेशियम, फस्फोरसका साथै अन्य भिटामिनहरु पनि पाइन्छ ।

केरालाई पेटसम्बन्धी समस्याको समाधान गर्ने तथा पेटमा सितलता प्रदान गर्ने फलको रुपमा पनि लिइन्छ । केरा खानुका अनेक फाइदा छन् ।

तर के केराको सेवन सबैका लागि समान रुपमा फाइदाजनक हुन्छ ? के सबै व्यक्तिहरु केरा खान सक्छन् ? स्वास्थ्यविज्ञका अनुसार यस्तो हुँदैन । केरा सबैका लागि फाइदाजनक नहुन सक्छ ।

केही त्यस्ता स्वास्थ्य स्थितिसँग लडिरहेका व्यक्तिका लागि केरा हानिकारक पनि हुन सक्छ । जानौं  केरा कस्तो अवस्थाका व्यक्तिले खान मिल्दैन-

यदी तपाईंमा एलर्जी छ

केही व्यक्तिलाई केरा खाएपछि छालामा दाग आउने तथा चिलाउने जस्तो समस्या देखिन्छ । यस्तो भएमा तपाईं तुरुन्त डाक्टरसँग सल्लाह लिनुहोस् । जसले गर्दा एलर्जीको कारण थाहा हुनेछ ।

मधुमेहका रोगी

केरामा प्राकृतिक सुगर भएपनि यसको धेरै सेवन गर्दा मधुमेहका रोगीलाई सुगरको मात्रा बढ्ने सम्भावना हुन्छ । त्यसैले मधुमेहका विरामीले डाक्टरको सल्लाह बमोजिम मात्र केराको सेवन गर्न सक्नुहुन्छ ।

स्वास सम्बन्धी समस्यामा नखाने

यदी कोही व्यक्ति दम जस्तो स्वासप्रस्वास सम्बन्धी समस्यासँग जुधिरहेको छ भने केराको सेवन गर्नु उचित मानिदैन ।

यस्तो अवस्थामा जहिले पनि केराको सेवन गर्नुपूर्व डाक्टरको सल्लाह लिई सही मात्रा तथा सावधानीका बारेमा जान्नुहोस् ।

खराब पाचनक्रिया भएका व्यक्ति

केरा पेटका लागि फाइदाजनक त हुन्छ तर यदी तपाईको पाचन प्रक्रिया खराब छ भने यसको अधिक सेवनले अवस्था झनै नाजुक बनाउन सक्छ । किनकी केरालाई पचाउन शरीरले धेरै मेहनत गर्नुपर्ने हुन्छ ।

रुघाखोकीमा खानबाट बचौं

रुघाखोकी लागेको बेला डाक्टरको सल्लाहबिना केराको सेवन गर्नबाट बच्नुपर्छ । किनकी शरीरमा यसको प्रभाव चिसो हुन्छ ।

त्यसैले कतिपय व्यक्तिलाई बिहान उठ्ने बित्तिकै केराको सेवन गर्दा रुघाखोकी लाग्ने गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved