सातामा ४०० ले बढ्यो सुनको मूल्य

नेपालभ्युज

सातामा ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौं। यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा ४०० ले सुनको भाउ उकालो लागेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार सुनको मूल्य तोलामा ९९ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ४०० रुपैयाँ थियो । महासंघका अनुसार यो साताको शुक्रबारसम्ममा छापावाल सुनको मूल्य १ लाख ३०० रुपैयाँमा आइपुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ छ ।

यसबीच साताको आइतबार सुनको मूल्य तोलामा ६०० ले बढेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार १०० रुपैयाँले घटेको थियो । बुधबार एकै दिन ८०० ले बढ्दा बिहीबार पुनः ३०० ले बढे पनि शुक्रबार एकैपटक १२ सय रुपैयाँ प्रतितोलाले मूल्य घटेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved