पृथ्वीका बारेमा १० रोचक तथ्य

बितेका केही दशकमा पृथ्वीमा धेरै खोज तथा अनुसन्धान भएका छन् जसले धेरै कुरा बाहिर आएको छ । तर यस्ता धेरै तथ्य छन् पृथ्वीका बारेमा जो सामान्य मानिसलाई थाहा नहुन सक्छ ।

नेपालभ्युज

पृथ्वीका बारेमा १० रोचक तथ्य

एजेन्सी । अहिलेसम्म थाहा पाएको एउटै ग्रह हो पृथ्वी, जहाँ जीवन छ र मानिस तथा जीवजन्तुको अस्तित्व छ ।

बितेका केही दशकमा पृथ्वीमा धेरै खोज तथा अनुसन्धान भएका छन् जसले धेरै कुरा बाहिर आएको छ ।

तर यस्ता धेरै तथ्य छन् पृथ्वीका बारेमा जो सामान्य मानिसलाई थाहा नहुन सक्छ । आज हामी त्यस्तै १० रोचक तथ्य तपाईलाई बताउनेछौं ।

१. टेक्टोनिक्स प्लेटले पृथ्वीलाई सहज बनाउँछ

पृथ्वी सौर्य मण्डलको एउटा मात्र यस्तो ग्रह हो जसमा प्लेट टेक्टोनिक्स रहेको छ । खासगरी, पृथ्वीको बाहिरी पत्रलाई प्लेट टेक्टोनिक्स भनिन्छ ।

यी म्याग्मा इन्टिरियरको माथिल्लो भागमा रहेका छन् र एकअर्कामा हलचल गर्न सक्छन् । जब दुई प्लेटहरु भिड्छन्, तब एउटा अर्कोको तल धसिन्छ र माथि नयाँ पत्र बन्न जान्छ ।

प्लेटहरु यसरी जुध्नु वा हल्लिनु धेरै कारणले आवश्यक छ । यसले भुकम्प, ज्वालामुखी, पहाडमा परिवर्तन वा समुद्री छालहरुले मानिसलाई नोक्सान गरेपनि यसका अन्य राम्रा पक्ष पनि छन् । यसले कार्बनको आन्तरिक चक्रलाई व्यवस्थित गर्ने काम पनि गर्छ ।

जब समुद्रमा भएका साना साना विरुवाहरु मर्दै तल्लो भागमा पुग्छन्, यसरी हलचल हुँदा कार्बन माथि आउँछ र यसले फेरि ती विरुवाहरुलाई जीवन प्रदान गर्दछ । जसले हामीलाई ग्रीनहाउसको प्रभावबाट बचाउँछ ।

यदी टेक्टोनिक्स प्लेटहरुको हलचल पृथ्वीमा नहुने भए कार्बन ‘रिसाइकल’ हुन पाउने थिएन जसका कारण पृथ्वीको तापक्रम अत्यधिक भई मानव जीवन नै नहुन सक्थ्यो ।

२. पृथ्वी लगभग गोलो छ

धेरै मानिसले सोचेका थिए कि पृथ्वी एकदमै गोलो छ । तर वैज्ञानिकहरुको खोज, अन्तरिक्षको यात्रा लगायतका गतिविधिले यो कुरा सावित गरिसकेको छ कि पृथ्वी खासमा अलिकति थेप्चिएको गोलाकारमा छ ।

यो ठ्याक्कै गोलो नै छ तर पृथ्वीका ध्रुवहरु अलिकति थेप्चिएका कारण भूमध्ये रेखा फैलिएको छ । यस्तो हुनुको कारण पृथ्वी घुम्नु हो ।

३. पृथ्वीको धेरै भाग आइरन, अक्सीजन र सिलिकन

यदि तपाई पृथ्वीलाई छुट्टाछुट्टै सामग्रीको थुप्रो बनाउनु भयो भने यसमा ३२.१% आइरन, ३०.१% अक्सीजन, १५.१ % सिलिकन र १३.९% म्याग्नीसियम पाउनुहुनेछ ।

धेरै आइरनको तत्व भने पृथ्वीको आन्तरिक भागमा रहेको हुन्छ । यदि तपाई पृथ्वीको भित्री भागमा पुग्नुभयो भने त्यहाँ ८८% आइरन पाउनुहुनेछ ।

तर सतही रुपमा परिक्षण गर्दा भने ४७% अक्सीजन पाइन्छ ।

४. ७० प्रतिशत पृथ्वीको भागमा पानी नै पानी

जब पहिला अन्तरिक्ष यात्रीहरु अन्तरिक्षमा पुगे । उनीहरुलाई पृथ्वीलाई मानव आँखाले पहिलो पटक हेरे । त्यसपछि उनीहरुले मूल्यांकन गरे र पृथ्वीको निकनेम राखे ‘ब्लु प्लानेट’ ।

तर यसमा कुनै आश्चर्य थिएन किनभने पृथ्वी ७० प्रतिशत भाग त पुरै सुमद्र नै थियो जसले गर्दा पृथ्वी निलो देखिन्थ्यो ।

५. पृथ्वीको वायुमण्डल १० हजार किलोमिटर सम्म पुग्छ

पृथ्वीको वायुमण्डल ५० किलोमिटरसम्म एकदमै बाक्लो हुन्छ तर यो वास्तवमा १० हजार किलोमिटर आकाशको दुरीसम्म पुग्न सक्छ ।

यो पाँच मुख्य पत्रमा बनेको हुन्छ, ट्रोपोस्फेयर, स्ट्राटोसफेयर, मेसोफेयर, थर्मोफेयर र एक्सोफेयर ।

६.पृथ्वीको पग्लीएको आइरनले चुम्बकीय क्षेत्र बनाउँछ

पृथ्वी एउटा विशाल चुम्बक जस्तै छ, जसको तल र माथि ध्रुवहरु छन् । जसले हजारौं किलोमिटर पृथ्वी बाहिरको भागलाई खिच्ने काम गर्छ ।

७. पृथ्वी आफ्नो अक्षमा घुम्न २४ घण्टा लगाउँदैन

खासमा पृथ्वीले आफ्नो अक्षमा घुम्न २३ घण्टा, ५६ मिनेट र ४ सेकेन्ड लगाउँछ । जसलाई एक दिन भनिन्छ ।

८. पृथ्वीमा ३६५ दिन हुँदैन

खासगरी पृथ्वीमा ३६५.२५६४ दिन हुन्छ । .२५६४ दिन अत्यधिक हुन्छ जसले गर्दा चार वर्षमा अधिक वर्ष आउने गर्छ ।

९. पृथ्वीसँग एउटा चन्द्रमा र दुईवटा सह–कक्षीय उपग्रह छन्

तपाईलाई लाग्छ होला पृथ्वीको एउटा मात्र चन्द्रमा छ । तर तपाईलाई थाहा छ पृथ्वीसँग सहकक्षीय उपग्रह पनि छन् जसलाई ३७५३ क्रुइथ्न र २००२एए २९ भनिन्छ ।

१०. पृथ्वी एउटा मात्र ग्रह हो जसमा जीवन छ

वैज्ञानिकहरुले अन्य ग्रहमा कुनै पनि पानीको मात्रा तथा अन्य तत्वहरु फेला पारे पनि जीवन भएको ग्रह भने पृथ्वी मात्र हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved