कडा सुरक्षासहित एयरपोर्ट लगियो चार्ल्स शोभराजलाई

१९ वर्ष जेलमा बसेर छुटेका कुख्यात अपराधी चार्ल्स शोभराजलाई उनकै देश फ्रान्स डिपोर्ट गर्नको लागि विमानस्थल लगिएको छ। दिउँसो केन्द्रीय कारागार सुन्धाराबाट डिल्लीबजारस्थित अध्यागमन विभागमा राखिएको उनलाई कडा सुरक्षासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको हो।

नेपालभ्युज

कडा सुरक्षासहित एयरपोर्ट लगियो चार्ल्स शोभराजलाई

काठमाडौं। १९ वर्ष जेलमा बसेर छुटेका कुख्यात अपराधी चार्ल्स शोभराजलाई उनकै देश फ्रान्स डिपोर्ट गर्नको लागि विमानस्थल लगिएको छ। दिउँसो केन्द्रीय कारागार सुन्धाराबाट डिल्लीबजारस्थित अध्यागमन विभागमा राखिएको उनलाई कडा सुरक्षासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको हो।

उनलाई शोभराजले केही दिन नेपाल बस्न चाहे पनि बस्न नदिइएको हो। उनलाई केही बेरपछि फ्रान्स पठाउने तयारी छ। उनलाई साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस पठाइने अध्यागमन विभागले जनाएको छ।

निहितालाई भेट्न मानेनन् शोभराजले, साँझ ६ बजे कतार एयरवेजबाट फ्रान्स पठाइँदै

शोभराजले जेलबाट मुक्त भएपछि जेलमै छँदा इन्गेजमेन्ट गरेकी प्रेमिका निहिता विश्वासलाई भेट्न मानेनन्। शोभराज छुट्ने भएपछि निहिता विश्वास र उनकी आमा सकुन्ताला पहिलै डिल्लीबजारस्थित अध्यागमन विभाग पुगेर पर्खिएका थिए।

निहिता शोभराजसँगै फ्रान्स जानसमेत तयार थिइन्। तर शोभराजले आफ्ना नेपाली कानुन व्यवसायी गोपाल सिवाकोटी चिन्तनसँग मात्रै भेट गरेका छन्।

चार्ल्स शोभराजलाई ५० हजार रुपैयाँ जरिवाना तिराइयो

चार्ल्स शोभराजलाई नेपालको अध्यागमन विभागले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। पर्यटन भिसामा नेपाल आई अपराधमा संलग्न भएर अध्यागमनसम्बन्धी कसुर गरेको आधारमा उनलाई यस्तो जरिवाना भएको छ।

यो कसुरमा अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ। गम्भीर किसिमको अपराधमा संलग्न भएकाले उनलाई जरिवाना गराइएको विभागका एक उच्च अधिकारीले बताए।

जरिवाना गराएपछि उनको निष्कासनसम्बन्धी निर्णय गर्न विभागले फाइल गृह मन्त्रालयमा पठाएको छ। उनलाई नेपाल आउन नपाउने गरी निष्कासन गर्न लागिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved