प्रतिनिधि सभा सांसदको शपथ ग्रहणअघि सर्वदलीय बैठक

प्रतिनिधि सभाका सांसदहरूको शपथ ग्रहणअघि संसद् भवन नयााँनेश्वरमा सर्वदलीय बैठक बसेको छ। ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएको बैठकमा संघीय संसद् प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी छन्।

नेपालभ्युज

प्रतिनिधि सभा सांसदको शपथ ग्रहणअघि सर्वदलीय बैठक

काठमाडौं। प्रतिनिधि सभाका सांसदहरूको शपथ ग्रहणअघि संसद् भवन नयााँनेश्वरमा सर्वदलीय बैठक बसेको छ। ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएको बैठकमा संघीय संसद् प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी छन्।

केही बेरपछि १ बजेदेखि संसद् भवनमा प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराइँदै छ।

त्यसअघि १२ बजे बैठक सञ्चालनसम्बन्धी छलफल गर्न सर्वदलीय बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक–एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको हो । बैठकमा संसद् सञ्चालनलगायतका विषयमा छलफल भएको नेताहरूले बताए।

प्रतिनिधि सभाका २७४ सांसदलाई ज्येष्ठ सदस्य जबराले शपथ ग्रहण गराएपछि सांसदहरूको सम्मानमा चियापन कार्यक्रम राखिएको छ। मनाङबाट निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङको भ्रष्टाचार मुद्दा भएकाले उनले शपथग्रहण गर्न नपाउने भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved