काठमाडौं । नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि अध्यक्ष पदमा नेकपा एमाले निकट डा सन्तोष पौडेल र नेपाली कांग्रेस निकट अनिल विक्रम कार्कीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
कांंग्रेस समर्थित चिकित्सकहरूले डा कार्कीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेसँगै डा. पौडेल र डा. कार्कीको प्रतिस्पर्धा हुने निश्चत भएको हो ।
यस्तै एमाले निकट चिकित्सकहरूले महासचिवमा डा. रक्षा श्रेष्ठलाई उम्मेदवार बनाउने भएका छन् भने अन्य पदका लागि उम्मेदवारको टुंगो लगाएको छैन् ।
यस्तै, कांंग्रेस निकट समूहमा महासचिवमा डा. सञ्जीव तिवारी र कोषाध्यक्षमा डा. प्रमोद जोशीले उम्मेदवारी दिनेछने भने अन्य पदका लागि निर्णय भएको छैन ।
निर्वाचन आगामी माघको दोस्रो साता सुरु हुनेछ भने उम्मेदवारी दिने अन्तिम दिन ४ पुस सम्म तोकिएको नेपाल चिकित्सक संघले जनाएको छ ।
Facebook Comment
Comment