तीनै तहको निर्वाचनमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व पर्याप्त : दिनेशकुमार थपलिया

नेपालभ्युज

तीनै तहको निर्वाचनमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व पर्याप्त : दिनेशकुमार थपलिया

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालमा सम्पन्न तीनै तहको निर्वाचनमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व पर्याप्त नभएको बताएका छन्।

आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा सोमबार आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहमा ४१ प्रतिशत, प्रदेश सभामा ३६.३६ प्रतिशत र संघीय संसदमा ३३.८३ प्रतिशत महिला प्रतिनिधित्व कायम भएको जानकारी दिँदै आगामी दिनमा समानुपातिक तथा समावेशी प्रतिनिधित्वलाई सहज, विशिष्ट, उपयुक्त र पूर्वानुमान बनाउनुपर्नेमा जोड दिए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा सार्वजनिक क्षेत्रबाट हुने खर्चलाई निश्चित सीमामा बाँधिएको बताए। त्यस्तै राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसारको खर्चलाई पनि नियन्त्रण र नियमन गर्ने प्रयास गरिएको उल्लेख गरे।

उनले निर्वाचन आयोगले निर्वाचनका क्रममा गरेका सबै प्रयासहरू राजनीतिक सुशासन र निर्वाचनको निष्ठा कायम गर्न चालिएको कदम भएको स्पष्ट पारे। उनले आयोगले प्रतिनिधि सभाको पहिलो अधिवेशनमै निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक पेस गर्ने तयारी गरिरहेको जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved