जाडोमा नरिवलको तेल लगाउँदा पाइने ५ फाइदा

नेपालभ्युज

जाडोमा नरिवलको तेल लगाउँदा पाइने ५ फाइदा

एजेन्सी । नरिवलको तेल प्राय हरेकको घरमा सजिलै पाउन सकिन्छ । कपाल, अनुहार तथा शरीरको अन्य भागमा नरिवलको तेलको प्रयोग एकदमै फाइदाजनक छ ।

विशेषगरी जाडो मौसममा अनुहार एकदमै सुख्खा हुने समस्यामा नरिवलको तेल रामवाण सावित हुन्छ । जाडोमा अनुहारमा नरिवलको तेल नियमित लगाउँदा छाला चम्किलो हुनुका साथसाथै अन्य दागहरु पनि आउन दिँदैन ।

नरिवलको तेल शरीरमा कुनै पनि समयमा प्रयोग गर्न सकिन्छ । यति कुरा ध्यान दिनुहोला तेल लगाएपछि केहीबेर मसाज गर्नुहोला । जानौं जाडो मौसममा अनुहारमा नरिवलको तेल लगाउँदाका फाइदा :

सुख्खापन कम गर्छ 

अनुहारमा नरिवलको तेल लगाएर मालिस गर्दा छाला सुख्खा हुनबाट जोगिन्छ । जाडोमा कैयौंपटक छाला फुटेर अनुहार फोहोर तथा नराम्रो देखिन्छ यस्तोमा नरिवलको तेल एकदमै फाइदाजनक हुन्छ ।

तेलले छालामा भित्रैसम्म पोषण पुग्छ जसले गर्दा छाला चम्किलो देखिन्छ ।

दागधब्बाहरु कम हुन्छ

जाडोमा नरिवलको तेल अनुहारमा लगाउँदा अनुहारमा देखिएका साना साना दागधब्बाहरु सजिलै हराउँदै जान्छ । अनुहारका दागधब्बा हटाउनका लागि सुत्नुअगाडि सफासँग अनुहार धोएर तेलले मसाज गर्नुहोस् ।

जसले गर्दा अनुहार चम्किलो त हुन्छ नै साथै डन्डीफोरले बनेका दागहरु पनि कम हुँदै जान्छ । यदी तपाईको मुहार पहिले नै धेरै चिल्लो छ भने यसको प्रयोग कम गर्दा हुन्छ ।

कालोपनबाट जोगाउँछ

नरिवलको तेल प्रयोग गर्दा छाला प्राकृतिक रंगभन्दा नै गोरो हुने त हुँदैन । तर घाम तथा अन्य प्रदुषणबाट जलेको छालालाई पुनः प्राकृतिक रंगमा ल्याउन पनि नरिवलको तेलले एकदमै फाइदा गर्छ ।

नियमित तेलले मालिस गर्दा सनबर्नको समस्या टाढा हुन्छ साथै घामको किरणबाट पनि जोगाउँछ ।

छाला चम्किन्छ

यदी तपाईं आफ्नो छाला प्राकृतिक रुपबाटै सुन्दर र चम्किलो बनाउन चाहनुहुन्छ भने नरिवलको तेल अवस्य प्रयोग गर्नुहोस् । यसको नियमित प्रयोगले छाला चमकदार बनाउनका साथै दागहरु पनि हटाइदिन्छ ।

चाउरीपन भाग्छ

अनुहारमा नियमित नरिवलको तेलको प्रयोगले चाउरीपन हट्दै जान्छ । नरिवलमा पाइने एन्टीएजिङ गुणले चाउरीपना हटाउन मद्दत गर्छ । सुत्नुअघि नरिवल तेलले हल्का रुपमा मालिस गर्दा चाउरीपन आउन दिँदैन ।

यति कुरा ख्याल गर्नुहोला तेलले आफ्नो काम गरे पनि छाला तब मात्र उज्यालो र चम्किलो देखिन्छ जब तपाईको शरीर स्वस्थ छ । तेलले छालालाई स्याहार गर्ने काम गरेपनि तपाई प्रसस्त मात्रामा पानी पिउनुहोस् झोलिलो पदार्थ तथा फलफुलको पनि सेवन गर्नुहोस् जसले गर्दा जाडोको सुख्खापन शरीरमा देखिँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved