जाडोमा गाजर खानुका पाँच फाइदा

नेपालभ्युज

जाडोमा गाजर खानुका पाँच फाइदा

एजेन्सी । जाडोमा गाजरको सेवन शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । जाडो मौसम शुरु भएसँगै बजारमा गाजर पनि प्रसस्त मात्रामा पाइन थाल्छ ।

गाजरमा प्रचुर मात्रामा भिटामिन सी, फोलेट, आइरन, भिटामिन के तथा भिटामिन ए जस्ता तत्व पाइन्छ । जाडो मौसममा गाजर खाँदा शरीरमा इम्यूनिटी बलियो हुनुका साथै आँखा पनि लामो समय स्वस्थ रहन्छ ।

गाजरलाई सलाद, सुप, तरकारी तथा जुसका रुपमा सेवन गर्न सकिन्छ । गाजर खाँदा छालामा पनि राम्रो फाइदा पुग्छ । गाजरले शरीरको कमजोरी हटाउन मद्दत गर्दछ । आउनुहोस् जानौं गाजर खाँदाका अन्य फाइदाहरु केके छन् ।

आँखाको लागि फाइदाजनक

जाडो मौसममा गाजर आँखाको लागि एकदमै स्वस्थ्यबर्द्धक हुन्छ । यसमा पाइने बिटा क्यारोटिन नामक तत्वले आँखालाई स्वस्थ राख्न मद्दत गर्दछ । गाजरको दैनिक सेवनले आँखाको रोशनी बढाउन पनि सहयोग पुग्छ । यसमा पाइने बिटा क्यारोटिन भिटामिन ए कै अन्तरगत पर्दछ ।

इम्यूनिटी बलियो बनाउँछ

गाजरको नियमित सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउँछ । जसले गर्दा अन्य चिसो तथा मौसमी रोग छिटो लाग्न सक्दैनन् । यसमा पाइने भिटामिन सी र ए ले इम्यूनिटी बलियो बनाउने काम गर्दछ ।

मोटोपन कम गर्न मद्दत गर्छ

गाजरको सेवनले मोटोपन कम गर्न मद्दत मिल्दछ । गाजरमा भिटामिनहरु जति हुन्छ त्यसको तुलनामा क्यालोरी एकदमै कम हुन्छ । जसले गर्दा गाजर खाँदा तपाईंको वजन बढ्दैन । गाजर खाँदा शरीरको मेटाबोलिज्ममा सुधार आउँछ । जसले शरीरको वजन कम गर्न मद्दत पुग्दछ ।

पाचनक्रिया हुन्छ बलियो

जाडोमा गाजरको सेवनले पाचनक्रिया बलियो हुन्छ । दिनहुँ गाजर खाने गरेमा अपच तथा एसिडीटीको समस्या कम हुँदै जान्छ । गाजर खाँदा पेटका अन्य समस्या पनि कम हुँदै जान्छन् । गाजरको रसमा कागती र थोरै मरिच मिलाएर खान सकिन्छ ।

छालाको लागि पनि फाइदाजनक

नियमित रुपमा गाजरको सेवन गरेमा छाला पनि लामो समय स्वस्थ रहन्छ । गाजरको सेवनले बढ्दै गरेको उमेर छाला तथा मुहारमा देखिने बुढोपन देखिँदैन ।

गाजरमा पाइने भिटामिन ए र सी छालालाई स्वस्थ राख्न एकदमै राम्रो मानिन्छ । जाडोमा गाजरको सेवन एकदमै स्वस्थकर मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved