कसको नेतृत्वमा भन्ने टुंगो नलागे पनि गठबन्धनकै सरकार बन्छ : अध्यक्ष दाहाल

नेपालभ्युज

कसको नेतृत्वमा भन्ने टुंगो नलागे पनि गठबन्धनकै सरकार बन्छ : अध्यक्ष दाहाल

पोखरा। नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनको सरकार बन्ने बताएका छन् । उनले अबको सरकार कसको नेतृत्वमा बन्ने भन्ने टुंगो नलागिसकेको भन्दै उस्तै परे  माओवादीले पनि नेतृत्व लिने अवस्था आउन सक्ने उनले बताए ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको एक विद्यालयको कार्यक्रमका लागि पुगेका दाहालले बुधबार बिहान पोखरामा पार्टीका केन्द्रीय सदस्य र गण्डकी प्रदेशका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘सरकार गठबन्धनकै हुन्छ,’ उनले भने, ‘अहिले सरकार गठनको विषय चलिरहेको छ । तर, नेपाली कांग्रेसको संसदीय दलको नेता को हुन्छ भन्ने विषय महत्त्वपूर्ण रहेको छ ।’

कांग्रेस दलको नेता चुनिएपछि सरकार गठनको विषयले तीव्रता लिने दाहालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved