निर्वाचन आयोगद्वारा अन्तिम परिणाम सार्वजनिक, ८२५ सांसद निर्वाचित

प्रतिनिधिसभामा महिलाको संख्या ३३ प्रतिशत भन्दा कम

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभाको नतिजासहितको अन्तिम प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने जानकारी दिए । यस्तै आयोगले आगामी पुष २ गते प्रदेशसभा निर्वाचनको नतिजा सम्वन्धित प्रदेश प्रमुखलाई बुझाउने कार्यतालिका तय गरेको उनले जनाए ।

नेपालभ्युज

निर्वाचन आयोगद्वारा अन्तिम परिणाम सार्वजनिक, ८२५ सांसद निर्वाचित

काठमाडौं । निर्वाचन आयोगले हालै सम्पन्न चुनावको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरी अन्तिम परिणाम सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभाको नतिजासहितको अन्तिम प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने जानकारी दिए । यस्तै आयोगले आगामी पुष २ गते प्रदेशसभा निर्वाचनको नतिजा सम्वन्धित प्रदेश प्रमुखलाई बुझाउने कार्यतालिका तय गरेको उनले जनाए ।

आयोगले अन्तिम प्रतिवेदन बुझाएपछि निर्वाचित सदस्यको नामावली राजपत्रमा प्रकाशन हुनेछ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभातर्फ कुल ८२५ जना निर्वाचित भएको जनाएको छ । जसमध्ये प्रतिनिधिसभामा १८४ पुरुष र ८१ जना महिला छन् । यो प्रतिशतका हिसाबले पुरुष ६७ प्रतिशत र महिला ३१ प्रतिशत भन्दा केही बढि रहेको आयोगले जनाएको छ ।

राज्यका हरेक निकायमा महिलाको संख्या ३३ प्रतिशत हुनु पर्ने प्रावधान भए पनि प्रतिनिधिसभामा भने उक्त संख्या पुगेन । राष्ट्रियसभा समेत गरी यसलाई ३३ प्रतिशत पुर्‍याइएको छ ।

यस्तै प्रदेशसभातर्फ ३५० जना पुरुष र महिला २०० जना निर्वाचित भएका छन् । प्रदेशसभामा पुरुषको संख्या ६३ दशमलव ६४ प्रतिशत छ । प्रदेशसभामा महिलाको संख्या भने ३६ प्रतिशत भन्दा बढि पुगेको छ ।

प्रतिनिधिसभामा ७ वटा पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् । यस्तै प्रदेश १ मा ६, मधेस प्रदेशमा १०, बागमतीमा ७, गण्डकीमा ७, लुम्बिनीमा १०, कर्णालीमा ६ र सुदूरपश्चिम प्रदेशमा पनि ६ वटै दलको समानुपातिकतर्फ प्रतिनिधित्व भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved