ब्राजिललाई पेनाल्टीमा हराउँदै क्रोएसिया विश्वकपको सेमिफानलमा

नेपालभ्युज

ब्राजिललाई पेनाल्टीमा हराउँदै क्रोएसिया विश्वकपको सेमिफानलमा

काठमाडौं। ब्राजिललाई पेनाल्टी शूटआउटमा हराउँदै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ।

कतारको एड्युकेशन सिटी रंगशालामा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिल पेनाल्टीमा ४–२ ले पराजित भएको हो।

सन् २०१८ को उपविजेता क्रोएसिया दोस्रो पटक सेमिफाइनलमा पुगेको छ। ५ पटक उपाधि जितेको ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ।

दुवै टोलीको निरन्तर हमला र जवाफी हमलाले खेल प्रतिस्पर्धात्मक बनेको थियो। निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि थप ३० मिनेटमा खेल १–१ को बराबरीमा पुगेपछि पेनाल्टी शूटआउटबाट निकालिएको हो।

क्रोएसियाको लागि निकोला भ्लासिक, लभ्रो मायर, लुका मोड्रिच, र मिस्लाभ ओर्सिकले गोल गरे।

ब्राजिलको लागि क्यासिमिरो,पेड्रो, गोल गरे। रोड्रिगो र मार्किनियोस गोल गर्नबाट चुके। अतिरिक्त समयमा ब्राजिलका लागि नेयमारले गोल गरे। क्रोएसियाको लागि ब्रुनो पेटकोभिचले गोल फर्काए।

पहिलो हाफको इन्ज्यूरी समयमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। दोस्रो हाफमा खेलको १ घण्टा १७ मिनेटमा पेटकोभिचको गोलले खेल १–१ गोलको बराबरीमा पुग्यो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved