निर्वाचन आयोगलाई रविको प्रतिप्रश्न- ‘नागरिकता त्यागेकै छैन, किन अर्को लिनु?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का सांसद रवि लामिछानेले निर्वाचन आयोगले सोधेको प्रश्नको जवाफ दिएका छन्। उनले बुझाएको स्पष्टीकरण पत्रमा आफूले नागरिकता नत्यागेकाले नयाँ लिनुनपर्ने जिकिर गरेका छन्।

नेपालभ्युज

निर्वाचन आयोगलाई रविको प्रतिप्रश्न- ‘नागरिकता त्यागेकै छैन, किन अर्को लिनु?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का सांसद रवि लामिछानेले निर्वाचन आयोगले सोधेको प्रश्नको जवाफ दिएका छन्। उनले बुझाएको स्पष्टीकरण पत्रमा आफूले नागरिकता नत्यागेकाले नयाँ लिनुनपर्ने जिकिर गरेका छन्।

आफ्नो नागरिकताको वैधताबारे प्रश्न उठाउँदै निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफमा उनले आफूले नेपाली नागरिकता नै नत्यागेकाले नयाँ निकाल्ने प्रक्रियामा जानै नपर्ने तर्क गरेका छन्।

मतदानको केही दिनअघि उजुरी परेपछि निर्वाचन आयोगले उनको नागरिकताको वैधतामाथि प्रश्न उठाउँदै स्पष्टीकरण सोधेको थियो।

स्पष्टीकरणको जवाफमा रविले ‘आफू अमेरिकी नागरिक भएपछि नेपाली नागरिकता त्याग्न निवेदनै नदिएको अनि नेपाल सरकारले पनि आफ्नो नागरिकता रद्द गर्ने निर्णय नगरेकाले’ पुरानै नागरिकता कायम रहेको बताएका छन्।

रवि लामिछानेले किन सार्वजनिक गर्न सकेनन् आफ्नो नागरिकता ?

आफू नेपाल फर्कँदा नेपाली नागरिकै रहेकाले नागरिकता पुन प्राप्ति सम्बन्धी प्रक्रियामा जानै नपर्ने तर्क उनको छ।

यसले उनले अमेरिकी नागरिकको कानुनी अधिकार त्यागेपछि नागरिकता नियमावली र नागरिकता पुन प्राप्ति सम्बन्धी निर्देशिकामा उल्लेख गरिएको प्रक्रिया अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा नागरिकता पुन प्राप्ति सम्बन्धी निवेदन नदिएको पुष्टि भएको छ।

स्पष्टीकरण पत्रमा खुलाए अनुसार उनले २०१४ फेब्रुअरी २५ मा अमेरिकी नागरिक बनेका थिए। उनको दाबी अनुसार उनी कहिल्यै अमेरिका नफर्कने गरी सन् २०१७ मा नेपाल फर्किए।

रवि लामिछानेले भने- नागरिकता विवाद झिकेर चक्रब्यूहमा फसाउन खोजियो

२०१८ मे १८ मा उनले अमेरिकाको नागरिकता र राहदानी औपचारिक रूपमा नेपालस्थित अमेरिकी राजदूतावास मार्फत परित्याग गर्ने आवेदन दिएको उनले बताएका छन्।

२०१८ जुन २८ मा अमेरिकी नागरिकको कानुनी हक सकिएको उनले बताएका छन्। त्यसपछि आफू नेपाली नागरिक नै कायम भएको उनले दाबी गरेका छन्।

रवि लामिछानेको ‘सांसद’ पदमा खतराको घण्टी, आरोप पुष्टि भए पद खारेज हुने

रवि लामिछानेलाई नागरिकताका विषयमा आयोगले सोध्यो स्पष्टीकरण

अमेरिकी फ्रिडम पार्टीसँग रवि लामिछानेको दलको नाम मिल्नु आपत्तिजनक विषय हो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved