चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय, आजै सर्वोच्च जाने तयारी

नेपालभ्युज

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय, आजै सर्वोच्च जाने तयारी

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका हुन् ।

यससँगै जबराको निलम्बन हटेको छ । उनी आजै सर्वोच्च अदालत जाने तयारीमा छन् ।

जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन् ।

यसैबीच, जबराले संसदका महासचिवबाट महाअभियोग निश्क्रिय भएको पत्र पाएको पुष्टि गर्दै आजै सर्वोच्च जाने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved