एकीकृत समाजवादीले भन्यो – माओवादीसँग एकताको चर्चा झुटो

नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी पार्टीसँग पार्टी एकता बारे कुनै छलफल नभएको स्पष्ट पारेको छ। पार्टी एकताको हल्ला निराधार भएको भन्दै उसले विज्ञप्ति जारी गरेको छ।

नेपालभ्युज

एकीकृत समाजवादीले भन्यो – माओवादीसँग एकताको चर्चा झुटो
फाइल फोटो

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी पार्टीसँग पार्टी एकता बारे कुनै छलफल नभएको स्पष्ट पारेको छ। पार्टी एकताको हल्ला निराधार भएको भन्दै उसले विज्ञप्ति जारी गरेको छ।

महासचिव बेदुराम भुसालले विज्ञप्ति जारी गर्दै माओवादीसँग एकताको हल्लामा सत्यता नभएको बताए।

विज्ञप्तिमा केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा नेकपा एस र माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भन्ने प्रचार भएको उल्लेख गर्दै यो प्रचार पूर्णतः निराधार भएको उल्लेख छ।

विज्ञप्ति भनिएको छ, ‘‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रस्ट छौँ, तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता र संवाद केही पनि भएको छैन। हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved