झलनाथ भन्छन्– मेरो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्छ

नेपालभ्युज

झलनाथ भन्छन्– मेरो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्छ
फाइल तस्वीर

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्र इलाममा धाँधली भएको भन्दै पुनः मतदान हुनुपर्ने भन्दै ब्रिफिङ गरेका छन् । मंगलबार बसेको पार्टी सचिवालय बैठकमा नेता खनालले आफ्नो निर्वाचन क्षेत्रका विषयमा विस्तृतमा ब्रिफिङ गराएका हुन् ।

एमालेका उम्मेदवार महेश बस्नेतले धाँधली गरेको भन्दै खनालले अदालतबाट कानुनी उपचार खोज्नुपर्ने बताएका हुन् । ‘मेरो क्षेत्रमा चुनावमा धाँधली भएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र भेटिएका छन् । पैसाको खोलो बगाएको छ’ खनालले भने, ‘अब मेरो क्षेत्रमा पुनः मतदान हुनुपर्छ ।

यदि, त्यसो हुन नसकेमा कानुनी उपचार खोज्ने विषयमा बैठकमा धारणा राखेको छु ।’ पार्टीले समेत खनालको पराजयका विषयमा समेत खोजबिन गर्ने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved