कमल थापाको राप्रपा नेपालले गृहजिल्लामा पायो जम्मा ५३६ मत

कमल थापाको राप्रपा नेपालले गृहजिल्लामा पायो जम्मा ५३६ मत

हेटौंडा। कमल थापाको गृह जिल्ला मकवानपुरमा उनले पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले समानुपातिकमा ५३६ मत प्राप्त गरेको छ । मकवानपुर जिल्ला भर १ लाख ७८ हजार १ सय ३८ मत खसेको थियो । खसेको मतमध्ये १ लाख ७० हजार १६६ मत सदर हुँदा ७ हजार ६९९ मत बदर भएको हो ।

उक्त मतमा राप्रपा नेपालले आफ्नै गृहजिल्लामा ५३६ मत प्राप्त गरेको हो । तर, केही महिना अघि मात्र खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २९ हजार ८८९ मतसहित तेस्रो स्थानमा रहेको छ ।

राप्रपा नेपालका केन्द्रीय अध्यक्ष रहेका थापा आफैँ नेकपा एमालेको सूर्य चिन्ह लिएर मकवानपुर प्रतिनिधिसभाको क्षेत्र १ बाट उम्मेदवार बनेका थिए । उनको पार्टी राप्रपा नेपालले तीर चिह्नमा क्षेत्र नम्बर–१ मा ४५५ र क्षेत्र नम्बर–२ मा ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले १६ हजार ७७१ मत प्राप्त गरेको छ । मकवानपुरमा प्रत्यक्षतर्फ दुई प्रतिनिधिसभा रहेकोमा एमाले र राप्रपाले एक-एक स्थानमा जितेको छ । प्रदेशसभामा माओवादी केन्द्रले दुई स्थानमा बाजी मार्दा एमाले र कांग्रेस एक–एक स्थानमा जितेको छ ।

मकवानपुरमा एमालेले समानुपातिकमा क्षेत्र नम्बर १ बाट २२ हजार ६११ र २ बाट २८ हजार १९६ गरी कुल ५० हजार ८०७ मत प्राप्त गरी पहिलो दल बनेको छ । नेपाली कांग्रेस ३६,२६४ मतसहित दोस्रो दल बनेको छ भने रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २९,८८९ मतसहित तेस्रो भएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्र २६,१३३ मतसहित चौथो बन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी १६ हजार ७७१ मतसहित पाँचौँ स्थानमा रहेको छ ।
अन्य दलको तुलनामा कमल थापाको राप्रपाले आफ्नै गृहजिल्लामा लज्जास्पद मत प्राप्त गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved