विश्वकप फुटबल : अमेरिका र इङ्ल्याण्डले अंक बाँडे

नेपालभ्युज

विश्वकप फुटबल : अमेरिका र इङ्ल्याण्डले अंक बाँडे

काठमाडौं। विश्वकप फुटबलमा अमेरिका र इङ्ल्याण्डले अंक बाँडेका छन्। अल बेत रंगशालामा शनिबार भएको अमेरिका र इङ्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको हो। यससँगै दुवै टोलीले १–१ अंक प्राप्त गरेका छन्।

अमेरिका र इङ्ल्याण्डले धेरै प्रयास गरे पनि गोल हुन सकेन। खेलमा इङ्ल्याण्ड अमरिका माथि हाबी भएपनि अमेरिकाले जवाफी हमला जारी राखेको थियो।

अमेरिकाको प्रयास लाई गोल रक्षक र डीफेन्डरले निरन्तर रोक्न सफल भए। खेलको २६ औ मिनेटमा वेस्टन ले गोल गर्ने रन्रो अवसर गुमाए। उनको प्रहार पोस्ट भन्दा वाइड गयो।

३३ मिनेटमा अमेरिकाले गोल गर्ने राम्रो अवसर गुमायो। क्रीस्चियन पुलिसिकले प्रहार गरेको बल क्रोस्बारमा लगेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved