विश्वकप फुटबल : नेदरल्यान्डस् र इक्वेडरले अंक बाँडे

नेपालभ्युज

विश्वकप फुटबल : नेदरल्यान्डस् र इक्वेडरले अंक बाँडे

काठमाडौं। विश्वकप फुटबलमा नेदरल्यान्डस् र इक्वेडरले अंक बाँडेका छन्।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबार भएको नेदरल्यान्डस् र इक्वेडरबीचकाे खेल १-१ गोलकाे बराबरीमा सकिएको हो। यससँगै दुवै टोलीले १–१ अंक प्राप्त गरेका छन्।

इक्वेडर ४ अङ्क सहित दोस्रो स्थान मा छ भने नेदरल्यान्डस् ४ अङ्क सहित पहिलो स्थानमा छ। नेदरल्यान्डस्का लागि काेडी गक्पोले गोल गरे।
इक्वेडरका लागि इनर भ्यालेन्सियाले गोल फर्काए।

खेलकाे छैटौं मिनेटमा गक्पोले गर्दै नेदरल्यान्डस्लाई सुरुवाती अग्रता दिलाए। दोस्रो हाफमा  इक्वेडरका लागि इनर भ्यालेन्सियाले ४९ औं मिनेटमा गोल फर्काए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved