गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, ४ जना घाइते

सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडाका लागि छुटेको लु ३ च ५३४० नम्बरको जीप कुढडाँडामा गएराति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

नेपालभ्युज

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, ४ जना घाइते
फाइल तश्वीर

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।

सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडाका लागि छुटेको लु ३ च ५३४० नम्बरको जीप कुढडाँडामा गएराति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परेर गुल्मीको सत्यवती गाउँपालिका–३ का ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिंजापती, ३० वर्षका मिलन तरामु र ४३ वर्षकी जमुना सोमैको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

४ जनाको घटनास्थलमै र घाइते सोमैको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । अरु ४ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved