रसुवा १ (१) मा कांग्रेसका तामाङ विजयी

नेपालभ्युज

रसुवा १ (१) मा कांग्रेसका तामाङ विजयी

काठमाडौं : रसुवा प्रदेशसभा सदस्य क्षेत्र नम्बर १(१) मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका प्रभात तामाङ दोस्रोपटक विजयी बनेका हुन् ।

उनले ८ हजार १ सय ८६ मत पाएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कुलप्रसाद भट्टले ४ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् ।

प्रभात तामाङ २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved