विश्वकप फुटबल : सेनेगलविरुद्ध नेदरल्याण्ड्सको २ गोल

पहिलो हाफमा नेदरल्याण्ड्सले गोल गर्ने धेरै अवसर गुमायो। नेदरल्याण्ड्स सुरुवाती मिनेटदेखि आक्रमक शैली रोज्दा सेनेगलले राम्रो डिफेन्स देखायो।

नेपालभ्युज

विश्वकप फुटबल : सेनेगलविरुद्ध नेदरल्याण्ड्सको २ गोल

काठमाडौं। नेदरल्याण्ड्सले फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।

कतारको अल थुमामा रंगशालामा सोमबार भएको खेलमा नेदरल्याण्ड्सले सेनेगललाई २–० गोल अन्तरले पराजित गरेको हो।

रोमाञ्चक बनेको खेलमा नेदरल्याण्ड्सको लागि कोडी गाक्पो र डेभी क्लासेनले गोल गरे । कोडीले खेलको ८४औं मिनेटमा हेड गोल गरे भने डेभीले इन्जुरी समयमा अर्को गोल थपे ।

खेलको ७१ औँ मिनेटमा सेनेगलका चैखोउ कौयेट घाइते भएसँगै नेदरल्याण्ड्स खेलमा हाबी भएको थियो।

पहिलो हाफमा नेदरल्याण्ड्सले गोल गर्ने धेरै अवसर गुमायो। नेदरल्याण्ड्स सुरुवाती मिनेटदेखि आक्रमक शैली रोज्दा सेनेगलले राम्रो डिफेन्स देखायो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved