नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रन्छ : रोहित चन्द

नेपालभ्युज

नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रन्छ : रोहित चन्द

काठमाडौं । नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन् ।  मंगलवार आयोजित प्रि–म्याच कन्फरेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र बुधवार हुने खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने बताएका हुन् ।

फिफाको प्रतिवन्ध पछि फुटबलमा फर्किएको पाकिस्तानसँग यसअघि बंगलादेशसँगको खेलमा निकालेको जितबाट टोलीलाई उच्च मनोबल मिलेको र सोही मनोबलका साथ खेल्ने कप्तान चन्दले बताए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा  कप्तानी पाउँद  खुशी भएको तर नेपालको लागि खेल्न पाउनु  ठूलो कुरा भएको उनले बताए ।
नेपाललाई पाकिस्तानले मैत्रिपूर्ण खेलका लागि प्रस्ताव गरेको हो । नेपालले स्वीकार गरेपछि पाकिस्तान एक मैत्रीपूर्ण खेलको लागि आईतवार नेपाल आएको थियो । नेपाल र पाकिस्तानबीच ८ वर्षपछि प्रतिष्पर्धा हुन लागेको हो ।

आन्तरिक द्वन्द र वाह्यशक्तिको हस्तक्षेपसँगै फिफाले पाकिस्तानलाई प्रतिवन्ध गरेको थियो ।  कार्यवाहाक प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानी टोलीविरुद्ध आफ्नो टोली घरेलु मैदानमा सुखद् नतिजाका लागि खेल्ने बताए । कटुवालले पाकिस्तानका खेलाडी विदेशमा खेलिरहेको कारण व्यक्तिगत रुपमा राम्रो भएपनि लामो समय एउटै टोली बनेर नखेलेको कारण टिमवर्क राम्रो नभएको र सोही अनुसार आफूले रणनीति बनाएको बताए ।
यस्तै नेपाल भ्रमणमा रहेको पाकिस्तानी टोलीका कप्तान हसन वासिरले नेपालविरुद्ध राम्रो इतिहास भएको र सोही इतिहासलाई दोहोर्‍याउनका लागि खेल्ने बताए । उनले पाकिस्तान टोलीलाई यसअघि पनि कठिनाई पर्दै आएको थियो । हसनले आफ्नो टोलीले अन्तिम समयमा मौका पाएर खेल्ने गरेको भन्दै व्यक्तिगत हिसावमा आफू डेनमार्कमा खेल्दै आएकोले लयमा रहेको बताए । दुई महिनादेखि टोलीले तयारी गरेकाले नेपाली टोलीविरुद्ध राम्रो खेल्ने कप्तान वासिरले बताए ।

नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिष्पर्धा भएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो । बुधवार हुने खेलमा पाकिस्तानले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । त्यस्तै नेपाल पाकिस्तानलाई हराउँदै दशरथ रंगशालामा  हुने ५० औं अन्तर्राष्ट्रिय खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved