भेलु बाजे भन्छन- ‘एमालेले २ हजार दिएपछि सूर्यको प्रचार गरेँ,माओवादीमै छु’ (भिडियोसहित)

नेपालभ्युज

भेलु बाजे भन्छन- ‘एमालेले २ हजार दिएपछि सूर्यको प्रचार गरेँ,माओवादीमै छु’ (भिडियोसहित)

प्यूठान। भेलु बाजे भनेर चिनिने प्यूठानको जुम्रीका मेनबहादुर बुढा अहिले खुबै चर्चित छन् । गाउँले शैली अनि हाँस्ने र रिसाउने अनौठो व्यवहारका कारण भेलु बाजे सामाजिक सञ्जालमा निकै भाइरल छन् ।

दुई दिन अघि उनले प्यूठानमा एमालेका उम्मेदवार सूर्य थापासँगै उभिएर भोट मागेपछि चर्चा झनै चुलियो । उनले सूर्य चिन्हमा भोट हालेर सूर्य थापालाई जिताउन आग्रह गरेको भिडियो भाइरल भयो । ‘एमालेमा घनश्याम भुसाल र भीम रावल आउट, भेलु बाजे इन’ भनेर आलोचना पनि भयो ।

तर सूर्यमा भोट मागेको दुई दिन नबित्दै भेलु बाजेले बोली फेरेका छन् । उनले एमालेले २ हजार रुपैयाँ दिएपछि सूर्यमा भोट हाल्छु भनेको र त्यो बेला आफु मात्तिएको अवस्थामा रहेको बताएका छन् । एक युटुव च्यानलमा कुराकानी गर्दै भेलु बाजेले आफू माओवादीमै रहेको र गठबन्धनलाई नै भोट हाल्ने पनि उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा शेयर गरिएको एक भिडियोमा भेलु बाजेले भनेका छन्,”हैन म एमालेमा गएको होइन । सुरुमा बाटोमा उभिएको थिएँ, भाइरल बा यता आउनुस तो भनेर बोलाए । बोलाएपछि जान पर्यो । तपाइँ के मा हुनुहुन्छ भनेर सोधे । म धेरैबेर नबोलेपछि एमालेमा आउनुपर्यो भने । म बोलिन, एकाएक माला लगाएर सूर्यमा भोट माग्न भनेपछि मैले मागेको हुम ।”

उनले आफू त्यो बेला मात्तिएको पनि बताएका छन् ।”जबर्जस्ती लगेर एमालेमा आउनुपर्छ भेलु बा भनेका हुन्, मातेको बेला के भनेँ थाहा छैन ।” उनले भने ।

भेलु बाजेले पैसा जस्ले दिए पनि लिने तर भोट भने माओवादी र गठबन्धनलाई नै हाल्ने पनि बताएका छन् ।

“२ हजार रुपैयाँ दिएको थियो । सूर्यमा हाल्दिनु भन्दा मैले हुन्छ भनेँ । मैले चोरेको होइन, ढाँटेको होइन । उनिहरुले दिए मैले खाएँ । कांग्रेसले दिन्छ भनेपनि लत्काइदिने हो । भोट त हाम्ले त त्यै मावादीमा दिने हो । गठबन्धन छ भने त्यै गठबन्धनलाई दिने हो ।” भेलु बाजेले ठट्यौली पारामा भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved