भेलु बाजेको समर्थन सूर्य थापालाई, यसरी मागे भोट (भिडियोसहित)

नेपालभ्युज

भेलु बाजेको समर्थन सूर्य थापालाई, यसरी मागे भोट (भिडियोसहित)

काठमाडौं । सामाजिक सञ्जाल र युटुव च्यानलमा भाइरल भएका प्यूठानका भेलु बाजे भनेर चिनिने मेनबहादुर बुढाले नेकपा एमालेका उम्मेदवार सूर्य थापालाई भोट मागेका छन् । सामाजिक सञ्जालमा देखिएको भिडियो र फोटा अनुसार भेलु बाजे र सूर्य थापा फूलमालासहित एकै ठाउँमा छन् । जहाँ भेलु बाजेले सूर्य थापाको लागि भोट मागेका छन् । छेउँमा थापा मख्ख परेर भेलु

भेलु बाजेले भनेका छन्, “सूर्य थापा र हामी यहाँ सँगै छौं अहिले हैन । र अहिले हेर्नुस् तो सूर्जेमा सूर्य थापालाई झ्याम्म एक बोट हालेर जिताइदिनुहोला भनेर मैले अनुरोध गरेको छु ।”

प्यूठानमा नेकपा एमालेले सूर्य थापा र गठबन्धनले राष्ट्रिय जनमोर्चाकी दूर्गा पौडेललाई उम्मेदवार बनाएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved