‘प्रकाश बा’ का कुण्ठा तुष्टीकरणका लागि मनीषाले बनाइन् ‘बीपी बा’ लाई मजाक !

मनीषाले आफ्नै पुर्खा र परिवारको संघर्षको कथालाई अपमान गरेकी छन् । ‘प्रकाश बा’ को राजनीतिक असफलता, वैचारिक विचलन र कुन्ठाको पक्षमा उभिने नाममा उनले ‘बीपी बा’ को घोर अपमान गरेकी छन् । निहीत राजनीतिक स्वार्थका लागि नातिनी मनीषाले बीपीका विचार, दु:ख, संघर्ष र योगदानलाई मजाकको विषय बनाउने दुस्साहस गरेकी छन् ।

‘प्रकाश बा’ का कुण्ठा तुष्टीकरणका लागि मनीषाले बनाइन् ‘बीपी बा’ लाई मजाक !

नेपाल भ्युज। सिने अभिनेत्री मनीषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै ‘हलो’ मा भोट मात्रै मागिनन्, त्यसका लागि उनले बीपी कोइरालाको नामसमेत भजाउने प्रयत्न गरिन्।

सभालाई सम्बोधन गर्दै उनले भनिन्–‘बीपी बालाई सबैले बिर्से पनि लिङ्देनजीले सम्झिनुभएको छ ।’ उनले बीपी कोइरालाको ‘राष्ट्रिय मेलमिलाप’ नीतिको समेत चर्चा गर्दै ‘राजसंस्था र बहुदलीय लोकतन्त्र’ एकै ठाउँमा आउनुपर्ने जिकिर गरिन् । मनीषाको दाबी थियो–‘ महेन्द्र र बीपीबीच सहकार्य हुन नसक्दा देशले एउटा ठूलो मौका गुमायो ।’

अभिनेत्री मनीषा नेपालको लोकतान्त्रिक आन्दोलनका मूर्धन्य व्यक्तित्व बीपी कोइरालकी नातिनी हुन् । बीपीका जेष्ठ पुत्र प्रकाश कोइरालाकी छोरी । कोइराला परिवारकी सदस्य, त्यसमा पनि बीपी कोइरालाकी साख्यै नातिनी मनीषाले नेपाली कांग्रेस र रूखको साटो राप्रपा र हलोमा भोट मागेको सुन्दा धेरैलाई आश्चर्य लागेको हुन सक्दछ ।

तर, यसमा आश्चर्य मान्नुपर्ने कारण केही छैन । मनीषा हजुरबा बीपी कोइरालाका बारेमा खासै जानकार र प्रभावित छैनन्, उनको चिन्तन उनका पिता प्रकाश कोइरालाको सोचबाट प्रभावित छ भनेर सहजै अनुमान गर्न सकिन्छ ।

मनीषाका पिता प्रकाश कोइरालाको विचार वि.स.२०४० को दशकदेखि नै नेपाली कांग्रेसको आधिकारिक भन्दा फरक हुँदै गएको थियो । २०४६ सालको जनान्दोलनले जोर पक्रिँदै गर्दा उनले निर्दलीय पञ्चायती व्यवस्था, निरंकुश राजतन्त्र र तत्कालिन मरिचमान सिंह सरकारको पक्षमा विज्ञप्ति निकालेका थिए ।

बीपीको निधन हुँदा मनीषा १२ वर्षकी मात्रै थिइन । बीपी विचार र व्यक्तित्वको गहिरो छाप मनीषामा पर्न पाएन । उनले एक अन्तर्वार्तामा–‘नेपाली भाषामा राम्रो पकड नभएको हुँदा आफूले बीपीका विचार र साहित्य खासै नपढेको’ बताएकी छन्। बाल्यकाल बनारसमा र युवा अवस्था मुम्बईमा बिताएकी मनीषाको नेपाली भाषा ज्ञान र क्षमता निकै कमजोर छ भन्ने उनको बोल्ने तरिकाबाटै प्रष्ट हुन्छ ।

हुन त, उनले नेपाली सिनेमा ‘फेरि भेटौँला’ बाट आफ्नो सिने करिअर सुरुवात गरेकी थिइन् तर उनको योगदान भने हिन्दी सिनेमामा बढी रह्यो । नेपालीमा उनले २ वटा मात्र सिनेमा खेलेकी छन्–‘फेरि भेटौला’ र ‘धर्मा’ । दुवै गुणस्तरहीन र फ्लप मानिन्छन्।

मनीषाका पिता प्रकाश कोइरालाको विचार वि.स.२०४० को दशकदेखि नै नेपाली कांग्रेसको आधिकारिक भन्दा फरक हुँदै गएको थियो । २०४६ सालको जनान्दोलनले जोर पक्रिँदै गर्दा उनले निर्दलीय पञ्चायती व्यवस्था, निरंकुश राजतन्त्र र तत्कालिन मरिचमान सिंह सरकारको पक्षमा विज्ञप्ति निकालेका थिए । उनले नेपाली कांग्रेस र वाम मोर्चाको नेतृत्वमा भएका जनान्दोलनलाई ‘ आतंकवादतिर अभिमुख’ हुनसक्ने भन्दै निन्दा गरेका थिए । राजतन्त्र र पञ्चहरूसँग प्रकाश कोइरालाको साइनो त्यतिबेला देखि नै कायम भएको हो ।

२०४६ सालको जनआन्दोलनको सफलता र निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्यपछि भने उनी फेरि नेपाली कांग्रेसमा फर्किए । प्रकाशलाई कुनै भूमिका दिने कि नदिने भन्ने विषयमा कांग्रेस पंक्ति विभाजित थियो । तथापि, कांग्रेस कार्यकर्ताको ‘बीपी पुत्र मोह’ र  गिरिजाप्रसाद कोइरालाको उदयका कारण प्रकाश कांग्रेसमा पुनर्स्थापित भए ।

नेपाली कांग्रेस र काका गिरिजाप्रसाद कोइरालासँग प्रकाश कोइरालाको सम्बन्ध त्यतिखेर निर्णायक तरिकाले बिग्रियो जब राजा ज्ञानेन्द्रको ‘कु’ पछि उनी ‘राजाको मन्त्री खान’ गए । ज्ञानेन्द्र शाहको नेतृत्वको सरकारमा उनी वन तथा वातावरणमन्त्री भए । ठीक त्यहीबेला गिरिजाप्रसाद कोइराला भने रत्नपार्कमा सडकमा धर्ना बस्न जान्थे ।

२०४८ सालको आम निर्वाचनमा मोरङ–१ र सुनसरी–३ बाट निर्वाचित गिरिजाप्रसाद कोइरालाले सुनसरी–३ परित्याग गर्दै उपनिर्वाचनमा प्रकाश कोइरालालाई टिकट दिए । एमालेका दु:खी चौधरीलाई पराजित गर्दै कोइराला विजयी भए । २०५१ को आमनिर्वाचनमा माधव नेपालले छोडेको रौतहट–४ प्रकाश कोइरालाले उपनिर्वाचनको टिकट पाए र एमालेका रामकुमार भट्टराईलाई पराजित गर्दै जिते पनि।

यी दुवै उपनिर्वाचनमा मनीषा पिता प्रकाश कोइरालाका लागि कांग्रेस र रूखमा भोट माग्दै हिँडेकी थिइन्। नेपाली कांग्रेस र काका गिरिजाप्रसाद कोइरालासँग प्रकाश कोइरालाको सम्बन्ध त्यतिखेर निर्णायक तरिकाले बिग्रियो जब राजा ज्ञानेन्द्रको ‘कु’ पछि उनी ‘राजाको मन्त्री खान’ गए । ज्ञानेन्द्र शाहको नेतृत्वको सरकारमा उनी वन तथा वातावरणमन्त्री भए । ठीक त्यहीबेला गिरिजाप्रसाद कोइराला भने रत्नपार्कमा सडकमा धर्ना बस्न जान्थे ।

ज्ञानेन्द्र शाहको सरकारले पूर्वप्रधानमन्त्री तथा वृद्ध नेता गिरिजाप्रसाद कोइरालामाथि लठ्ठी बर्साएर रगताम्य पार्दासमेत प्रकाश कोइरालाले राजाको विरोध गरेनन्। तिनै काका जसले २०४६ सालमै बदनाम भइसकेका प्रकाशलाई कांग्रेस कार्यकर्ताको ठूलो विरोधका बाबजुद दुई-दुई पटक संसदको टिकट दिए, उनीमाथि ज्ञानेन्द्र शाहले बुढेसकालमा त्यो तहको अत्याचार, दमन र अपमान गर्दा प्रकाश कोइराला चुँ सम्म बोलेनन् ।

त्यसपछि प्रकाश कोइराला परिवारमा एक्लिदै गए । उनले आफ्नो राजनीतिक कुण्ठा र महत्त्वाकांक्षाको गोटी आफ्ना छोराछोरीलाई बनाउन थाले । जन आन्दोलन २०६२-२०६३ को सफलता र ज्ञानेन्द्र शाह शासनको पतनपछि पनि उनी कांग्रेस राजनीतिमा फर्किन चाहेका थिए । तर, त्यसपछिका दिनमा गिरिजाप्रसाद कोइराला छोरी सुजाता कोइराला र भतिजाहरू शेखर कोइराला, शशांक कोइरालाको साथ सहयोग लिएर अघि बढ्न थाले ।

यसले प्रकाश कोइरालालाई झनै कुण्ठित बनायो । छोरो सिद्धार्थ कोइरालालाई कांग्रेस राजनीतिमा स्थापित गर्न उनले सुनसरीको मधेसका गाउँमा पठाएर कांग्रेसको क्रियाशील सदस्यता लिन लगाए । २०७४ को आम निर्वाचनमा सिद्धार्थले सुनसरी– २ को प्रतिनिधिसभाको टिकट दाबी गरेका थिए । तर, त्यो दाबीलाई कसैले मतलब गरेन ।

राप्रपा आमसभामा मनीषाले उठाएका कुरा वैचारिकरूपमा पनि उत्तिकै भ्रामक हुन् । महेन्द्र र बीपीको सहकार्य हुन नसकेको कुरा उनले उठाएकी छिन । तर, त्यसको दोषी को थियो त ? महेन्द्र कि बीपी ? निर्वाचित संसद विघठन गरेर निर्वाचित प्रधानमन्त्रीलाई जेल हाल्ने महेन्द्र दोषी कि जेल बस्न बाध्य बीपी दोषी ?

अन्ततः उनले बागी उम्मेद्वारी दिने प्रयत्न गरे । तर, आफ्नो समर्थनमा खासै कुनै माहोल नदेखिएपछि सुनसरीको क्रियाशील सदस्यता छोडेर काठमाडौं फर्किएका सिद्धार्थ फेरि सुनसरी फर्किएर गएका छैनन् । यी घटनाबाट प्रष्ट हुन्छ, कि पिता प्रकाश र भाइ सिद्धार्थको असफल राजनीतिक जीवनले सिर्जना गरेको कुन्ठा मनीषामा व्याप्त छ । उनी राप्रपालाई समर्थन गरेर त्यसको तुष्टीकरण गर्न खोज्दै छिन् ।

राप्रपा आमसभामा मनीषाले उठाएका कुरा वैचारिकरूपमा पनि उत्तिकै भ्रामक हुन् । महेन्द्र र बीपीको सहकार्य हुन नसकेको कुरा उनले उठाएकी छिन । तर, त्यसको दोषी को थियो त ? महेन्द्र कि बीपी ? निर्वाचित संसद विघठन गरेर निर्वाचित प्रधानमन्त्रीलाई जेल हाल्ने महेन्द्र दोषी कि जेल बस्न बाध्य बीपी दोषी ?

मनीषाले दिएको अभिव्यक्तिले २०१७ सालको ‘कु’ का लागि राजा महेन्द्र र दरबार हैन, नेपाली कांग्रेस र बीपी कोइराला जिम्मेवार थिए भन्ने अर्थ लाग्दछ, त्यो मनीषाको बचकनापन बाहेक केही हैन । बीपीले किन र कुन परिस्थितिमा संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रको कुरा गरेका थिए भन्ने बुझ्दै नबुझी कांग्रेस गणतन्त्रवादी भएको रोष प्रकट गर्ने मनीषालाई ‘दुई दिन जेलमा राखेर हेर्ने’ हो भने बीपीले गरेको संघर्ष, दु:ख र त्यागको मूल्य बुझ्थिन् होली । १४ वर्ष जेल बस्नु सिनेमा खेल्नुजस्तो सजिलो कुरा हैन ।

सिनेमा खेल्न पनि अप्ठ्यारै होला, तर कम्तीमा त्यो १४ वर्ष जेल बस्नुजस्तो कष्टकर अवश्य हुँदैन । मनीषाले के बुझ्न जरुरी छ भने, गणतन्त्र संस्थापित गर्ने पछिल्लो प्रयत्नमा कोइराला परिवारकै ठूलो भूमिका छ । त्यसका एउटा पक्षको नेतृत्व गर्ने गिरिजाप्रसाद कोइराला बीपीका सांख्य भाइ र राजनीतिक सहकर्मी पनि हुन् । राजा, राजतन्त्र र कांग्रेसको सम्बन्धलाई गिरिजाप्रसादभन्दा बढी प्रकाश, सिद्धार्थ र मनीषाले बुझेका होलान् भन्ने कसैले विश्वास गर्दैन ।

त्रिभुवनले आफैँले घोषणा गरेको संविधानसभाको चुनाव हुन दिएनन् । महेन्द्रले निर्वाचित संसदमाथि कु गरे । ज्ञानेन्द्रले २०४७ सालको संविधान मिचे । संवैधानिक राजा हुन स्वीकार गरेका वीरेन्द्रलाई दरबारभित्रैकै षड्यन्त्रमा विभत्स हत्या गरियो ।

राजावादी, पञ्च र मनीषाहरूले भने जस्तो नेपालको राजतन्त्रलाई संवैधानिक हुने कुनै मौका नै नदिइकन जबरजस्त खेदिएको हैन । उनीहरूलाई २००७ साल, २०१५ साल र २०४६ सालमा ३-३ पटक संवैधानिक राजा हुने अवसर दिइएको हो । तर, त्रिभुवन, महेन्द्र र ज्ञानेन्द्र– तीन पुस्ताले संवैधानिक राजाको मान्यतालाई उल्लघंन गरेका थिए ।

त्रिभुवनले आफैँले घोषणा गरेको संविधानसभाको चुनाव हुन दिएनन् । महेन्द्रले निर्वाचित संसदमाथि कु गरे । ज्ञानेन्द्रले २०४७ सालको संविधान मिचे । संवैधानिक राजा हुन स्वीकार गरेका वीरेन्द्रलाई दरबारभित्रैकै षड्यन्त्रमा विभत्स हत्या गरियो ।

यी सबै घटनाक्रमलाई बिर्सेर मनीषाले आफ्नै पुर्खा र परिवारको संघर्षको कथालाई अपमान गरेकी छन् । ‘प्रकाश बा’ को राजनीतिक असफलता, वैचारिक विचलन र कुन्ठाको पक्षमा उभिने नाममा उनले ‘बीपी बा’ को घोर अपमान गरेकी छन् ।
निहीत राजनीतिक स्वार्थका लागि नातिनी मनीषाले बीपीका विचार, दु:ख, संघर्ष र योगदानलाई मजाकको विषय बनाउने दुस्साहस गरेकी छन् ।

तर, मनीषाको ज्ञानेन्द्र शाह, लिङ्देन, राप्रपा र हलो प्रेम कुनै मुर्खले सूर्यतिर फर्केर थुक्ने प्रयास गरेजस्तो मात्रै हो, त्यसले बीपीको व्यक्तित्व र ऐतिहासिक भूमिकामा कुनै भिन्नता ल्याउँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved