मेक्सिकोमा अन्धाधुन्ध गोली प्रहार, नौ जना मारिए

नेपालभ्युज

मेक्सिकोमा अन्धाधुन्ध गोली प्रहार, नौ जना मारिए
सांकेतिक तस्वीर।

काठमाडौं। मेक्सिकोमा अन्धाधुन्ध गोली प्रहार हुँदा नौ जना मारिएका छन् । मध्य मेक्सिकोको एउटा मधुशालामा बन्दुक बोकेर प्रवेश गरेका सात जनाले नौ जनालाई गोली हानेर मारेका हुन् । घटना ग्वानाजुआन्टो राज्यको अपासियो डेल अल्टोस्थित ‘बार’ मा बुधबार राति भएको हो ।

मेक्सीको डेली पोष्टका अनुसार हतियारसहित बारमा प्रवेश गरेका सातजनाले अन्धाधुन्ध गोली चलाउँदा पाँच जना पुरूष र सात जना महिला मारिएका छन् । बारका सञ्चालक पनि आक्रमण मारिएको आशङ्का गरिएको छ । एउटा गाडीमा दुई जनाको शव भेटिएको थियो ।

आक्रमणका क्रममा बारबाट भागेका उनीहरूलाई गाडीमा गएर गोली प्रहार गरिएको आशङ्का सुरक्षाकर्मीले गरेका छन् । आक्रमणकारीको व्यापक खोजी भइरहेको छ ।

उक्त बारमा आक्रमण हुनुको कारण खुलेको छैन । पछिल्ला दिनमा ग्वानाजुआन्टोका बारमा गोली प्रहारका घटना बढिरहेका छन् । ग्वानाजुआन्टोमा इन्धन चोरी एवं तस्करी पनि बढेको छ । गत महिना राज्यको इरापुटो सहरस्थित एउटा बारमा प्रवेश गरेका अज्ञात बन्दुकधारीले १२ जनाको हत्या गरेका थिए । गत सेप्टेम्बरमा तारिमोरो नगरपालिकामा सशस्त्र आक्रमणकारीले गोली हानेर १० जनालाई मारेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved