साफ यू–१७ महिला च्याम्पियनसिपः नेपालको लगातार तेस्रो जित

नेपालभ्युज

साफ यू–१७ महिला च्याम्पियनसिपः नेपालको लगातार तेस्रो जित

काठमाडौं। साफ यू–१७ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।

बङ्गलादेशको ढाकामा बुधबार भएको खेलमा नेपालले भुटानलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

नेपालको लागि सेनु परियारको गोल नै निर्णायक बन्यो । सेनुले खेलको ४९ औँ मिनेटमा गोल गरिन् । यसअघि नेपालले भुटानलाई ७–० को गोलअन्तरले पराजित गरेको थियो ।

यससँगै ३ खेलबाट ९ अङ्क जोडेको नेपाल शीर्ष स्थानमा छ । अङ्कविहिन भुटान प्रतियोगिताबाट बाहिरिएको छ।

शुक्रबार हुने खेलमा नेपाल र बङ्गलादेश भिड्दै छन् । प्रतियोगितामा नेपाल, भुटान र बङ्गलादेशले सहभागीता जनाएका छन् ।

डबल राउण्ड रोबिन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष टोली विजेता हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved