थापाको योगदान सधैँ स्मरणीय रहनेछ : देउवा

नेपालभ्युज

थापाको योगदान सधैँ स्मरणीय रहनेछ : देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता तथा प्रदेश १ का वन वातावरण तथा भू- संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनप्रति दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले बुधबार शोक वक्तव्य जारी गर्दै मोरङ ३ (१) का उम्मेदवार थापाले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याएको योगदान पार्टीमा सदा स्मरणीय रहने बताएका छन्।  उनले थापाको निधनको खबरले आफूलाई स्तब्ध र दु:खी बनाएको बताएका छन्।

कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जारो गरेको शोक वक्तव्यमा भनिएको छ,’ प्रदेश नं. १ का मन्त्री, निवर्तनमान प्रदेशसभा सदस्य, एवं मोरङ (३) १ का प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधनको खबरले मलाई स्तब्ध र दु:खी बनाएको छ। स्वर्गीय थापाले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ।’

मन्त्री तथा मोरङ ३ (१) का नेपाली कांग्रेसका प्रदेशसभा सदस्य थापाको बुधबार बिहान निधन भएको हो। थापाको निधन भएपछि मोरङको प्रदेशसभामा कांग्रेसबाट उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयले प्रक्रिया अघि बढाएको जनाएको छ।

थापालाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो। परीक्षण गराउँदा डेंगुको संक्रमण पुष्टि भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved