डोटीमा पटक पटक भूकम्प, ६ जनाको ज्यान गयो, केही घाइते

डोटीमा गएराति पटक पटक भूकम्प गएको छ । गएराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र विन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

नेपालभ्युज

डोटीमा पटक पटक भूकम्प, ६ जनाको ज्यान गयो, केही घाइते

डोटी। डोटीमा गएराति पटक पटक भूकम्प जाँदा ६ जनाको ज्यान गएको छ, कैयौं घाइते  भएका छ्न् । डोटीमा गएराति पटक पटक भूकम्प गएको छ ।

डोटीमा गएराति पटक पटक भूकम्प गएको छ । गएराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र विन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टका अनुसार भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका ३ का ५० वर्षीय पदम बोहराको घर भत्किदा उहाँकी ४० वर्षीया श्रीमती भगवतीदेवि बोहरा, ८ वर्षका छोरा हर्क बोहरा, १३ वर्षीया छोरी सिता बोहराको मृत्यु भएको छ ।

यस्तै सोही ठाउँका उमेर नखुलेका प्रेम बोहरा, तुलसी बोहरा, धनसरी बोहराको मृत्यु भएको छ । यसैगरी २ जनाको भने सकुसल उद्धार गरीएको प्रहरीले जनाएको छ ।  पूर्वीचौकी गाउँपालिका ३ मा अधिकांस घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

केन्द्रका अनुसार त्यस अघि पनि त्यहि क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ म्याग्नेच्युटकोको र त्यस अघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ म्याग्नेच्युटको भूकम्प गएको छ ।

वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार ठूलो भूकम्प आउनु अघि पूर्व कम्पहरु आउँछन् । राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्नेच्युटको ठूलो भूकम्प जानु अघि दुई पटक गएको भूकम्पलाई पूर्वकम्प मान्न सकिने उनको भनाई छ ।

भूकम्पको धक्का बाजुरा, बझाङलगायत सुदूरपश्चिमका जिल्लामा महशुस गरिएको थियो । घटनाको विवरण संकलन भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved