जसपा रौतहट अध्यक्ष पटेलले दिए पार्टीबाट राजीनामा

नेपालभ्युज

जसपा रौतहट अध्यक्ष पटेलले दिए पार्टीबाट राजीनामा

रौतहट ।  जनता समाजवादी पार्टी (जसपा) रौतहटका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले पार्टीबाट राजीनामा दिएका छन् ।

रौतहटको देबाही गोनाही नगरपालिकाका पूर्वनगरप्रमुख समेत रहेका पटेलले पार्टीले एमालेसँग गठबन्धन गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

‘अहिले चुनावमा मतदातासमक्ष जान पनि असहज भएको छ,जुन पार्टीले नागरिकता विधेयक पारित हुन दिएन, पटक-पटक मधेसी जनतालाई अपमान गर्‍यो, संविधान संशोधन हुनै दिएन, आज त्यही पार्टीसित जसपाले गठबन्धन गरेको छ । त्यसले पार्टीमा काम गर्न असहज भएकोले राजीनामा दिएको छु ।’ राजीनामा पत्रमा उनले भनेका छन् ।

२०६४ सालको मधेस आन्दोलनदेखि जसपामा आबद्ध रहेका उनी २०७४ को स्थानीय चुनावमा नगरप्रमुखमा विजयी भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved