‘पूर्वप्रधानमन्त्रीमाथिको घातक आक्रमणको निष्पक्ष अनुसन्धान गर्नुपर्छ’

नेपालभ्युज

‘पूर्वप्रधानमन्त्रीमाथिको घातक आक्रमणको निष्पक्ष अनुसन्धान गर्नुपर्छ’

इजिप्ट । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि हालै भएको गोली प्रहारको निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

अमेरिकी टेलिभिजन सिएनएनसँगको कुराकानीमा उनले पूर्वप्रधानमन्त्री खानमाथि भएको गोली प्रहारको निन्दा गर्दै यस घटनाको निष्पक्ष रुपमा छानविन गर्नुपर्ने बताएका हुन् ।

अन्तर्वार्तामा उनले भने ‘देशभित्र उहाँका विषयमा हुने चर्चा हाम्रो आन्तरिक विषय हुन् तर उहाँमाथिको हमला देशका एकजना पूर्वप्रधानमन्त्रीमाथिको हमला हो, त्यसैले यसको निष्पक्ष अनुसन्धान हुनु जरुरी छ ।’ उनले सो घटनाको आफूले सुरुमै निन्दा गरेको र यसको स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन हुनुपर्छ भन्ने माग गरेको पनि बताए । पूर्वप्रधानमन्त्री खानको रुस भ्रमणका विषयमा विवाद उत्पन्न भएको र रुस र युक्रेनको पछिल्लो द्वन्द्वका कारण खानलाई विवादास्पद बनाइएको विदेशमन्त्री जर्दारीले बताए ।

यसअघि नै पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले पूर्वप्रधानमन्त्री खानको हत्या प्रयासको स्वतन्त्र छानविनका लागि एक न्यायिक समिति गठन गर्न आदेश दिइसकेका छन् ।
पूर्वप्रधानमन्त्री खानमाथि गत बिहीबार पाकिस्तानको वाजिरिस्तानमा गोली प्रहार भएको थियो । खुट्टामा गोली लागेका उनि जोखिममुक्त छन् । चिकित्सकहरूले उनको खुट्टाबाट तीन वटा गोली निकालेका थिए । सिन्हा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved