‘सेन्ट्रल जेल’मा सन्दीप, बिकिनी किलर शोभराजदेखि पूर्व डिआइजी रञ्जन कोइराला पनि त्यहीँ

सुन्धारा कारागारमा सिरियल किलरलेखि सेलिब्रेटीसम्म

केन्द्रीय कारागारमा नेपालको इतिहासमै पहिलो पटक चर्चित क्रिकेटर बन्दी बन्न पुगेका हुन्। ३ हजार ३ सय ८३ कैदीबन्दी रहेका त्यहाँ चार्ल्स शोभराजदेखि श्रीमती हत्यामा दोषी ठहर पूर्व डीआईजी रञ्जन कोइरालासम्मले सजाय भोगिरहेका छन्।

नेपालभ्युज

‘सेन्ट्रल जेल’मा सन्दीप, बिकिनी किलर शोभराजदेखि पूर्व डिआइजी रञ्जन कोइराला पनि त्यहीँ

काठमाडौं। काठमाडौं जिल्ला अदालतले नाबालिग बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै केन्द्रीय कारागार (सेन्ट्रल जेल) सुन्धारामा अर्का एक भीभीआइपी कैदी थपिएका छन्।

थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएपछि सन्दीप कारागार पुगेका हुन्।

विभिन्न अभियोग लागी थुनामा पर्ने व्यक्तिहरूलाई थुनामा राखिँदै आएको केन्द्रीय कारागारमा नेपालको इतिहासमै पहिलोपटक चर्चित क्रिकेटर बन्दी बन्न पुगेका हुन्।

सुन्धारास्थित उक्त कारागारमा ३ हजार ३ सय ८३ कैदीबन्दी छन्। जहाँ बिकिनी किलर चार्ल्स शोभराजदेखि श्रीमती हत्यामा दोषी ठहर पूर्व डीआईजी रञ्जन कोइरालासम्मले सजाय काटिरहेका छन्।

डिआइजी कोइराला आफ्नी पत्नी गीता ढकाललाई निर्दयी तरिकाले जलाएर हत्या गरेको अभियोगमा जेल जीवन बिताइ रहेका छन्। उनलाई काठमाडौँ जिल्ला अदालतले १२ वर्ष कैद सजाय सुनाएको थियो। पछि सर्वोच्च अदालतले मुद्दा उल्टाएर छुटाएको थियो। चर्को विवादपछि उनको फैसला फेरि उल्टिएको थियो। गत १३ जेठबाट उनी त्यही कारागारमा कैद भुक्तान गरिरहेका छन्।

सुन्धारास्थित उक्त कारागारमा ३ हजार ३ सय ८३ कैदीबन्दी छन्। जहाँ बिकिनी किलर चार्ल्स शोभराजदेखि श्रीमती हत्यामा दोषी ठहर पूर्व डीआईजी रञ्जन कोइरालासम्मले सजाय काटिरहेका छन्।

अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झन्डै १८ वर्षदेखि शोभराज केन्द्रीय कारागारको गोलघरमै छन्। उनी कुख्यात अपराधी मानिन्छन्। लगातार महिलाको हत्या गरिरहेका हुनाले उनलाई सिरियल किलरको रूपमा पनि चिनिन्छ।

सो कारागारमा यसअघि नाम चलेका कैदी बन्दीहरू रञ्जन कोइराला र चाल्स शोभराज थिए भने अब सन्दीप पनि थपिएका हुन्। अरूको फैसला भएर सजाय भुक्तान गर्दैछन् भने सन्दीपलाई ‘पुर्पक्षका लागि थुनामा पठाइएको’ हो। मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल त्यही जेलमै बसेर उनले मुद्दा लड्नेछन्।

भिआइपी कैदीबन्दीलाई के छ विशेष व्यवस्था?

केन्द्रीय कारागारमा केही भिआइपी कैदी बन्दी भए पनि विशेष व्यवस्था जेलभित्र भने हुँदैन। सबैलाई समान व्यवहार हुने जेल प्रशासनले जनाएको छ।

अहिले जेलमा पुगेका सन्दीपलाई पनि अरू कैदी जस्तै सामान्य र सामूहिक रूपमै राखिने कारागार प्रशासनले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved