अनामनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालभ्युज

अनामनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । सिंहदरबार पूर्वी ढोका अगाडि प्रदेश–३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३८ वर्षीया आस्था सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कात्तिक १५ मा दुर्घटनामा परेर घाइते भएकी सुब्बाको बागबजारस्थित मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्तकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका घर भएका २४ वर्षीय मिलन रानालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved