सुनको मूल्य तोलामै १ हजार रुपैयाँले घट्यो

नेपालभ्युज

सुनको मूल्य तोलामै १ हजार रुपैयाँले घट्यो

काठमाडौं। आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारपछिको पहिलो कारोबारको दिन १ हजार रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ । तिहारअघि, छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै, चाँदीको कारोबार तोलाको १२ सय रुपैयाँमा भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved