निर्वाचन आयोगले सोध्यो एमाले उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण

नेपालभ्युज

निर्वाचन आयोगले सोध्यो एमाले उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण

निर्वाचन आयोगले प्युठानबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा (एमाले) का सूर्यबहादुर थापा क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ।निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले आयोगले स्पष्टीकरण सोधेको जनाएको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरणअन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेकोमा उम्मेदवार थापा क्षेत्रीले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरेका हुन्।

बालबालिकालाई निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकुल रहेको ठहर आयोगले गरेको छ।उनलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन समेत दिएको छ।

स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंले निर्वाचन आचारसंहिताको प्रतिकुल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?’

उनलाई आयोगले कारबाही किन नगर्ने भनेर पनि स्पष्टीकरण सोधेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved