१ हजार ८८६ चालक कारबाहीमा

नेपालभ्युज

१ हजार ८८६ चालक कारबाहीमा
फाइल फोटो

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उलंघन गर्ने विभिन्न सवारी साधनका १ हजार ८८६ चालक कारबाहीमा परेका छन्।

मंगलबार मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, लेन मिच्नेलगायतका गतिविधि गर्ने ती चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।

मंगलबारमात्रै मादक पदार्थ सेवन गरेर सवारी चलाउने २९३ चालक कारबाहीमा परेका छन्। यस्तै लेन मिच्ने १५ जना, रेड लाइटमा नरोकिने २५ जना, निशेधित क्षेत्रमा हर्न बजाउने ४४ जना, अन्य १ हजार ४४२ जना र नम्बर प्लेट तोडमोड तथा अष्पष्ट भएकाहरू ६७ जना कारबाहीमा परेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved