पुराना गल्ती सच्याउन कठिन निर्णय गर्ने सुनकको संकेत

नेपालभ्युज

पुराना गल्ती सच्याउन कठिन निर्णय गर्ने सुनकको संकेत

लण्डन । बेलाइतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले विगतका गल्ती सच्च्याउने र आर्थिक स्थायित्व पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजा चार्ल्स तृतीयलाई बकिङघम राजप्रासादमा भेटेपछि सरकार गठनको आह्वान पश्चात् औपचारिक रूपमा प्रधानमन्त्री बनेका सुनकले पहिलो सार्वजनिक मन्तव्यमा ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने तथा राष्ट्रको आर्थिक स्थायित्व पुनः स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले त्यसनिम्ति गरिने निर्णयहरू कठिन हुने चेतावनी पनि दिएका छन् ।

‘अहिले हाम्रो देशले गहिरो आर्थिक सङ्कटको सामना गरिरहेको छ,’ प्रधानमन्त्री कार्यालय बाहिर पत्रकारहरूलाई उनले भने । प्रधानमन्त्री सुनकले लिज ट्रसले आर्थिक वृद्धि सुधार गर्न चाहनु गलत नभए पनि त्यसमा गल्ती भएका उनको विश्लेषण थियो ।

आर्थिक वृद्धि बढाउन पूर्ववर्ती सरकारबाट भएका प्रयासले अमेरिकी डलरको तुलनामा बेलायतको मुद्रा अवमूल्यन भएको उनले बताए । अघिल्लो सरकारका त्रुटी सच्च्याउन आफू प्रधानमन्त्री निर्वाचित भएको उनको तर्क थियो ।

आर्थिक स्थायित्व नै आफ्नो सरकारको पहिलो प्राथमिकता भएको उनले दोहोर्‍याए । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved