बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग राजाको भन्दा दोब्बर सम्पति

नेपालभ्युज

बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग राजाको भन्दा दोब्बर सम्पति

काठमाडौं। बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वको दौड जितेपछि ऋषि सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको छ । लिज ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुरु भएको नेतृत्व चयनमा सुनकले मात्र आवश्यक सय सांसदको समर्थन पाएपछि उनी स्वत नेता चुनिएका हुन् ।

सुनकको जितले बेलायतमा एक अनौठो इतिहास रचेको छ । इतिहासमा पहिलो पटक देशका प्रधानमन्त्री राजाभन्दा धनी हुने भएका छन् । पूर्व अर्थमन्त्री सुनक र उनकी श्रीमती अक्षता मुर्तिको संयुक्त सम्पती ७३ करोड पाउण्ड(झण्डै ८२.५ करोड डलर) रहेको बताइन्छ । बेलायतका नयाँ राजा चाल्र्स र उनकी पत्नि क्यामिलाको संयुक्त सम्पति  भने ३५ करोड पाउण्ड(झण्डै ३९.६ करोड डलर) छ । अर्थात\ राजा–रानीको भन्दा प्रधानमन्त्री सुनक र उनको श्रीमतीको सम्पती दोब्बरभन्दा बढी छ ।

सुनक यो वर्ष सुरुमा सन्डे टाईम्सले निकाल्ने बेलायतका सबैभन्दा धनाढ्य व्यक्तिको सूचीमा नाम समावेश हुने प्रमुख नेता बनेका थिए । आधिकारिक आवासको संख्याको हिसाबमा पनि सुनक र देशका राजाबीच झण्डै प्रतिस्पर्धा नै देखिन्छ ।

सन् १९८० मा जन्मिएका डलर–करोडपति सुनक बेलायतको साउथेम्प्टनमै जन्मिएका थिए । उनका अभिभावक भने सन् १९६० को दशकमा पूर्वी अफ्रिकाबाट बेलायत बसाइँ सरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved